नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर भित्र चम्कदै

  ।   २०७८ फाल्गुन २३, सोमबार १८:३४

नेपालगन्ज ।

नेपालगन्जका विभिन्न वडाहरुमा नेकपा माओवादी केन्द्रले कार्यक्रमहरु सम्पन्न गरेको छ ।

यसैक्रममा सोमबार पनि नेपालगन्जको ३ नम्बर वडामा तीनवटा जनवर्गीय संगठनहरु निर्माण गरिएको उपमहानगर अध्यक्ष रतन शाहीले जानकारी दिनु भयो ।

शहीको नेतृत्व संग नेपालगन्ज माओवादी केन्द्रको उपमहानगर समिति खरायो जस्तै चम्केको लुम्बिनी प्रदेश सदस्य नवीन शर्माले गुडन्युज डटकम संग कुराकानीका क्रममा बताउनु भयो ।


शाहीका अनुसार सोही ३ नं. वडामा आज मुश्लिम मुक्तिमोर्चा, मधेसी मुक्तिमोर्चा र दलित मुक्तिमोर्चाका वडास्तरिय कमिटी गठन गरिएको हो ।

मोहम्मद इरसाद अन्सारीको अध्यक्षतामा ११ सदस्यीय मुश्लिम मुक्तिमोर्चा गठन गरिएको छ ।

जसको उपाध्यक्षमा रानी सा, सचिबमा खलिल अन्सारी, कोषाध्यक्ष रिजवान सिद्दिकी, सदस्यहरुमा क्रमशः मैवुक अलि इद्रीसी, रिजवान सिद्दिकी, रिजवाना हलवाई, कम्रनिसा अन्सारी, आशा हलवाई, जुबेदा हलवाई र सलमान अन्सारी रहनुभएको छ ।


त्यसैगरी, आशिष् गुप्ताको अध्यक्षतामा ११ सदस्यीय मधेसी मुक्तिमोर्चा गठन गरिएको छ ।

जसको उपाध्यक्षमा उर्मिला पटहर, सचिबमा मितु गुप्ता, कोषाध्यक्ष धर्मराज गुप्ता, सदस्यहरुमा मुस्कान गुप्ता, सम्झना गुप्ता, बिजया नाग, राकेस कनौजिया, माया धोबी, बिन्दु कुमाल र राहुल गुप्ता रहेको नेपालगन्ज उपमहानगरका उपाध्यक्ष वसन्त मल्लले  जानकारी गराउनु भयो । लक्ष्मी धोबीको नेतृत्वमा ९ सदस्यीय दलित मुक्तिमोर्चा गठन गरिएको छ ।


कार्यक्रमलाई माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य नवीन शर्मा, नगर अध्यक्ष रतन शाही, उपाध्यक्ष वसन्त मल्ल, सहसचिव नन्दलाल वैश्य, कोषाध्यक्ष कश्मिरा खातुन, ३ नम्बर वडाका अध्यक्ष अयुव सिद्दिकी लगायतले सम्बोधन गर्नुभएको छ ।


निर्वाचन लक्षित कार्यक्रम अनुसार माओवादी नेपालगन्जले उपमहानगरका २३ वटै वडामा संगठन सुदृढ बिस्तार तथा जनपरिचालन अभियानका लागि विभिन्न ३ वटा टोली परिचालित गरेको नगर सचिब प्रेम शाहले जानकारी दिनु भयो ।

 

Next Post

राष्ट्रिय मुक्तिमोर्चा नेपाल नेपालगन्जको भेला फागुन २४ गते हुँदै

२०७८ फाल्गुन २३, सोमबार १८:३४
नेपालगन्ज । नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय मुक्तिमोर्चा नेपाल नेपालगन्ज उपमहानगरपालिकाको भेला भोलि फागुन २४ गते दिउँसो २ बजे हुने भएको छ । नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष रतन बहादुर शाहीका अनुसार उपमहानगरका ३ वटै कमान्डरका संयोजक, सह संयोजक, उपमहानगर समिति सदस्य, वडा अध्यक्ष र मुक्तिमोर्चाका सदस्यहरुलाइ अनिवार्य उपस्थित गराउन निर्देश गरिएको […]

सम्बन्धित शीर्षक