बाल सुधार गृहका १ सय १५ जनालाई राहत वितरण

  ।   २०८० मंसिर २६, मंगलवार १५:५७

नेपालगन्ज । बाँकेको नौवस्तामा रहेको बालसुधार गृहका बालबन्दीलाई विभिन्न सामग्रीहरु प्रदान गरिएको छ ।

बाँकेको बैजनाथ ३, गाभरस्थित नौवस्तामा रहेको बालसुधार गृहका बाल बिज्याईँकर्ताहरुलाई एड्भोकेसी फोरमले विभिन्न सामग्रीहरु प्रदान गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरलले जानकारी दिनुभयो ।

एडभोकेसी फोरमका संयोजक तथा अधिकारकर्मी बसन्त गौतमको संयोजनमा बालसुधार गृहमा रहेका ११५ जना बाल बिज्याईँकर्ताहरुलाई विभिन्न सामग्रीहरु वितरण गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

जाडोबाट बच्नका लागि ओड्ने डबल ब्लयाङ्केट ७५ थान, ओच्छ्याउने पि–फर्म दुई रोल, क्यारेमबोर्ड दुई थान, फुटबल दुई थान, लुडो दुई थान, नेट एक थान, स्किपिङ्ग तीन र चेस तीन थान प्रजिअ पोखरलेलमार्फत् बालसुधार गृहका बालबन्दीलाई प्रदान गरिएको एड्भोकेसी फोरमका संयोजक बसन्त गौतमले जानकारी दिनुभयो ।

बैजनाथ ३, गाभरस्थित नौवस्तामा रहेको क्षेत्रीय कारागारभित्र रहेको बालसुधार गृहमा विभिन्न जिल्लाका ११५ जना बालबन्दीहरु रहेका छन् ।

Next Post

डिजिटल पूर्वाधारको विकासमा नेपाल–भारत सहकार्य आवश्यकः मन्त्री शर्मा

२०८० मंसिर २६, मंगलवार १५:५७
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डिजिटल पूर्वाधारको विकासमा नेपाल र भारतबिच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।भारतीय दूतावासले आयोजना गरेको ‘डिजिटल पव्लिक इन्फ्रास्ट्रक्चरः इन्नोभेटिङ टुगेदर टुवार्डस् इण्डो–नेपाल डिजिटल ब्रिजेज’ विषय गोष्ठी उद्घाटन गर्दै डिजिटल पूर्वाधारको विकास र प्रयोगमा दुबै देशबिच डिजिटल साझेदारी आवश्यक रहेको बताउनुभएको हो । डिजिटल […]