पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

  ।   २०७८ श्रावण १९, मंगलवार ०८:१३

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएको छ । झण्डै दुई दशक राष्ट्रिय टिमबाट खेलेका खड्काले मंगलबार बिहान ट्विटरमार्फत् सन्यासको घोषणा गर्नुभएको हो ।

उहाँले सन्यास लिएको जानकारी दिँदै नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको बताउनु भएको छ । लामो समय नेपाली टोलीको कप्तानी गरेका खड्काले दुई वर्षअघि कप्तानबाट राजीनामा दिनुभएको थियो ।

खड्काले आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि नेपाली क्रिकेटमा भने आफ्नो सपना अझै बामे सर्दै गरेको उल्लेख गर्नुभएको छ । सन् २००२ मा आफू १५ वर्षको हुँदा क्रिकेट यात्रा सुरु गरेको स्मरण गर्दै खड्काले आफ्ना खेलाडी साथी, प्रशंसक, परिवारसहित सम्पूर्णमा कृतज्ञता व्यक्त गर्नुभएको छ ।

Next Post

अमेरिकी सेना फिर्ता हुन थालेसँगै अफगानिस्तानको सुरक्षा अवस्था बिग्रियो : राष्ट्रपति घानी

२०७८ श्रावण १९, मंगलवार ०८:१३
काठमाण्डौ । अमेरिकी सेना फिर्ता हुन थालेसँगै अफगानिस्तानमा हिंसाका घटना बढ्दै गएका छन् । तालिबानले आफ्ना हिंसात्मक घटना र आक्रमणलाई बढाउँदै लगेको छ । पछिल्लो पटक लस्कर गाहसहित केही सहरमा तालिबान समूहले आक्रमण गरेको थियो । तर सरकारी सेनाले आक्रमणलाई विफल पारेको दाबी गरेको छ । सुरक्षा अवस्था सुधार गर्न […]