जुम्ला र मुगुमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४ सय ३४ जनाले पाए स्वास्थ्य सेवा

  ।   २०८३ जेष्ठ २१, बिहीबार ०८:२७

सबिता चन्द

जुम्ला/मुगु, असार । दुर्गम हिमाली जिल्लाका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट जुम्ला र मुगुका गरी कुल ४ सय ३४ जना लाभान्वित भएका छन् । शुभ–सन्देश नेटवर्क–नेपाल (GAN–Nepal) तथा असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रको संयुक्त आयोजनामा सञ्चालन गरिएको शिविरमा विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको थियो ।जुम्लाको सिँजा गाउँपालिका–३, फर्सेबाडामा जेठ १८ गते सम्पन्न स्वास्थ्य शिविरमा पुरुष ९४ जना र महिला १७७ जना गरी २७१ जनाको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि वितरण गरिएको आयोजकले जनाएको छ। शिविरको औपचारिक कार्यक्रम ज्ञान–नेपालका उपाध्यक्ष मोहनलाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सिँजा गाउँपालिका–३ का वडा अध्यक्ष सुरतबहादुर रावत प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रकी अध्यक्ष निता शाह, वरिष्ठ कन्सल्टेन्ट डा. प्रकाश बसेल, स्थानीय समाजसेवी दिपनाथ धिताल, पालिकाका स्वास्थ्य प्रमुख, सुरक्षाकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।यस्तै, जेठ २० गते मुगुको छायाँनाथ रारा नगरपालिका–३, मा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट पुरुष ५६ जना र महिला १०७ जना गरी १६३ जना लाभान्वित भएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकद्वारा विभिन्न रोगहरूको परीक्षण गरी आवश्यक परामर्श र औषधि प्रदान गरिएको थियो।मुगुमा आयोजित कार्यक्रम वडा नं. ३ का अध्यक्ष, स्थानीय समाजसेवी रजनी भाम लगायतका अतिथिहरूको उपस्थितिमा औपचारिक रूपमा उद्घाटन गरिएको थियो । स्थानीय बासिन्दाले दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा पुग्नु अत्यन्तै सकारात्मक र प्रभावकारी पहल भएको प्रतिक्रिया दिएका छन्।शिविरमा सहभागी चिकित्सकहरूले स्वास्थ्य परीक्षणसँगै रोगको पहिचान, उपचार तथा स्वास्थ्य सचेतनासम्बन्धी परामर्शसमेत प्रदान गरेका थिए । आयोजक संस्थाले आगामी दिनमा पनि दुर्गम तथा स्वास्थ्य सेवाको पहुँच कम भएका क्षेत्रमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।दुर्गम हिमाली भेगका नागरिकलाई घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको यस अभियानले स्थानीय समुदायमा उत्साह थप्नुका साथै स्वास्थ्य सेवाप्रतिको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूको भनाइ छ।

Next Post

बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग

२०८३ जेष्ठ २१, बिहीबार ०८:२७
नेपालगन्ज,। बाँके युनेस्को क्लबले बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका र राजापुर नगरपालिकाका ३० जना युवा महिला उद्यमीहरूलाई उद्यम गर्न स्टार्ट–अप (अनुदान) सहयोग प्रदान गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित ग्रीन इकोनोमी परियोजना अन्तर्गत सो सहयोग प्रदान गरेको हो । युवा महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने तथा हरित उद्यममार्फत […]

सम्बन्धित शीर्षक