राजापुर र मधुवनमा विद्यार्थिलाई मानव बेचबिखनविरुद्ध सचेतना

  ।   २०८२ श्रावण २८, बुधबार ११:४४

नेपालगन्ज । २६औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा वडा कार्यालय, महिला तथा बालबालिका शाखा र नेपाल प्रहरीको समन्वयमा मधुवन र राजापुर नगरपालिकामा एकसाथ सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा लागुपदार्थ सेवन र मानव बेचबिखनका कारण, जोखिम र रोकथामका उपायहरूबारे विद्यार्थीहरूलाई जानकारी दिइएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो । मधुवन–७ स्थित शुक्र माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा ईलाका प्रहरी कार्यालय ढोढरीका प्रमुख प्रहरी निरीक्षक महेन्द्र सेन, महिला तथा बालबालिका इकाई प्रमुख इन्द्रा चुनारा र परियोजना संयोजक ईश्वर बिकेले मानवबेचविखन र त्यसबाट जोगिने उपायहरुका बारेमा सचेत पार्नुभयो । सो अवसरमा उहाँहरुले विद्यार्थीहरूले आफुले जानेका कुरा समाजका अन्य वर्गलाई पनि सिकाउन अनुरोध गर्नुभएको थियो ।

फिल्ड सुपरभाइजर सावित्रा भाटको सञ्चालन र शुक्र माध्यमिक विद्यालयका प्रधानाध्यापक अलिजा जीसीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरूलाई सचेत रहन र गलत गतिविधिविरुद्ध आवाज उठाउन प्रेरित गरिएको थियो । त्यसैगरी, बर्दिया राजापुर–९ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा भएको सोही प्रकारको सचेतना कार्यक्रममा राजापुर ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्दिप चन्द शाह र महिला तथा बालबालिका इकाई प्रमुख अनिता चौधरीले अन्तरक्रियात्मक छलफल गर्दै विद्यार्थीहरूलाई जोखिम पहिचान र सहयोग गर्न प्रोत्साहित गर्नुभयो । सो अवसरमा बिद्यार्थिहरुले पनि उहाँहरुसंग बेचविखनसम्बन्धि बिभिन्न जिज्ञासा राखेका थिए भने उनिहरुलाई सो बारेमा बिस्तृत जानकारी गराईएको थियो । सो कार्यक्रम फिल्ड सुपरभाइजर प्रमीशा थारुले सञ्चालन गर्नु भएको थियो भने राजापुर ९ का वडा अध्यक्ष विष्णु प्रसाद थारुको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।

युवा र विद्यार्थिहरू नै सुरक्षित, जानकार र लचिलो समुदाय निर्माणका मुख्य आधार रहेको कुरा मधुवन र राजापुर दुवै स्थानमा आयोजित कार्यक्रममा साझा सन्देश दिईएको बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर विकले बताउनुभयो । दुबै कार्यक्रम सुरक्षा परियोजना अन्तर्गत सञ्चालन गरिएको क्लबले जनाएको छ ।

Next Post

बर्दियामा ट्राफिक नियम, लैङ्गिक समानता र बालविवाह न्यूनीकरण बारे सचेतना

२०८२ श्रावण २८, बुधबार ११:४४
बर्दिया । २६औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बर्दियाको मधुवन र गुलरिया नगरपालिका एवं बढैयाताल गाउँपालिकामा अभिमुखीकरण, अन्तरक्रिया एवं सचेतना कार्यक्रम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको शसक्त बालिका परियोजना अन्तर्गत सो कार्यक्रम सम्पन्न गरिएको हो । युवाहरूले विश्वभर सामना गरिरहेका चुनौती र अवसरबारे […]