माओवादी कोहलपुरद्वारा भुकम्प पीडितका लागि १ सय ५० बोरा चामल संकलन

  ।   २०८० कार्तिक १८, शनिबार १९:२१

नेपालगन्ज । गए राति जाजरकोट र रुकुममा गएको भूकम्पबाट पीडित परिवारलाई राहत प्रदान गर्न नेकपा (माओवादी केन्द्र) कोहलपुर नगरसमितिले आज शनिबार बिहान एकसय ५० बोरा चामल सङ्कलन गरेको छ ।

माओवादी केन्द्र कोहलपुर नगरसमितिको बैठक बसी उक्त राहत सङ्कलन गरेको कोहलपुर नगरअध्यक्ष अबराज खड्काले जानकारी दिनुभयो । नगर समितिको बैठकले भुुकम्पपीडितका लागि राहत र उद्धार कार्यमा यथाशीघ्र लाग्न नगरका सबै वडालाई निर्देशन गरिएको र वडा समितिहरु तत्काल राहत सङ्कलनमा जुटिसकेको नगर अध्यक्ष खड्काले बताउनुभयो । अध्यक्ष खड्काका अनुसार कोहलपुर नगरपालिका –३ मा कोहलपुर पार्टीका नगर सल्लाहकार पदम केसीको पहलमा ६० बोरा चाामल सङ्कलन भएको जानकारी दिनुभयो । नगर सल्लाहकार पदम केसीले ३० बोरा, कोेहलपुर ३ का सङ्गीता केसी अध्यक्ष रहेको दिदिबहिनी समुहले १० बोरा, राजेश भारतीले १० बोरा, इन्दिरा भाारतीले १० बोरा, देबी गौतमले ७ किलो दाल र शरण केसीले २ पेटी तेलसहित खाद्यान्न सङ्कलन भएको नगर अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

भूकम्पबाट ठूलो मात्रामा धनजनको क्षति भएको सामाचार बाहिर आएपछि माओवादी केन्द्रले पार्टी पङ्तिलाई राहत तथा उद्धारमा लाग्न बिज्ञप्तिमार्फत अपिल गरेको छ । पार्टीले गरेको अपिलअनुसार कोहलपुर नगरको बैठक बसी राहत सङ्कलनमा जुट्न सबैलाई परिचालन गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो । सङ्कलन कार्य अझै जारी राखिने र सङ्कलन गरिएको राहत सामग्रीलाई सरोकारवाला निकायसँग समन्वय गरी एकमुष्ट राहत हस्तान्तरण गरिने नगर अध्यक्ष खड्काले बताउनुभयो ।

Next Post

चीनले १० करोड बराबरको राहत सामग्री सहयोग गर्ने

२०८० कार्तिक १८, शनिबार १९:२१
नेपालगन्ज । जाजरकोटमा गएको शक्तिशाली भूकम्पबाट प्रभावितहरूका लागि छिमेकी राष्ट्र चीनले १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सङले यसबारे जानकारी दिनुभएको हो । साउथ एसियन कन्ट्रीज इमरर्जेन्सी सप्लाइज रिजर्भबाट सो सहयोग गर्न लागिएको राजदूत सङको भनाई छ । राहत […]

सम्बन्धित समाचार