चीनले १० करोड बराबरको राहत सामग्री सहयोग गर्ने

  ।   २०८० कार्तिक १८, शनिबार १९:२७

नेपालगन्ज । जाजरकोटमा गएको शक्तिशाली भूकम्पबाट प्रभावितहरूका लागि छिमेकी राष्ट्र चीनले १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सङले यसबारे जानकारी दिनुभएको हो ।

साउथ एसियन कन्ट्रीज इमरर्जेन्सी सप्लाइज रिजर्भबाट सो सहयोग गर्न लागिएको राजदूत सङको भनाई छ । राहत सामग्रीमा टेन्ट, ब्ल्याङ्केटलगायत सामग्रीहरू रहेका छन् । ती सामग्री केही दिनमा नेपाल आइपुग्ने बताउँदै उहाँले थप राहत पनि घोषणा गरिने बताउनुभएको छ ।

Next Post

काठमाडौंबाट जाजरकोट र रूकुम पश्चिम जान निःशुल्क बस सेवा

२०८० कार्तिक १८, शनिबार १९:२७
नेपालगन्ज । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि निःशुल्क बससेवा सञ्चालन गरेको छ। काठमाडौँमा बसोबास गर्दै आएका भूकम्पबाट प्रभावित क्षेत्रका जनतालाई आफ्नो घर जानका लागि सहजता होस् भन्ने उद्देश्यले सो कम्पनीले निःशुल्क बससेवा सञ्चालन गरेको हो। कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले संस्थाको सामाजिक […]

सम्बन्धित शीर्षक