मुलुकभर १२९ जना कोरोना संक्रमित आईसीयूमा, ७ जना भेन्टिलेटरमा [कुन प्रदेशमा कति ?]

  ।   २०७७ भाद्र ५, शुक्रबार ०६:३६

नेपालगन्ज । मुलुकभर १२९ जना कोरोना संक्रमित आईसीयूमा तथा ७ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोभिड १९ बारे जानकारी दिँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम । फाइल तस्बिर ।

बिहीबार आयोजित नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले उक्त जानकारी दिनुभएको हो । उहाँका अनुसार वाग्मती प्रदेशमा सबैभन्दा बढी ५४ जना आईसीयूमा उपचाररत छन् भने त्यसपछि प्रदेश नम्बर २ मा ४६ जना छन् ।

यस्तै प्रदेश नम्बर ५ मा १२ जना र गण्डकी प्रदेशमा ६ आईसीयूमा रहेको प्रवक्ता गौतमले बताउनुभयो । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आईसीयू र भेन्टिलेटरमा बिहीबारसम्म कुनै बिरामी नरहेको उहाँले बताउनुभयो ।

वाग्मती प्रदेशमा ७ जना भने भेन्टिलेटरमा उपचाररत छन् ।

आईसीयूमा उपचाररत प्रदेशगत विवरण

प्रदेश १ – ११
प्रदेश २ – ४६
वाग्मती प्रदेश – ५४
गण्डकी प्रदेश – ६
प्रदेश ५ – १२

भेन्टिलेटरमा उपचाररत
वाग्मती प्रदेश – ७

Next Post

बन्द भएको उद्धार उडान पुन: सञ्चालन हुने

२०७७ भाद्र ५, शुक्रबार ०६:३६
काठमाण्डौ । विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउन बन्द भएका उद्धार उडान फेरि सुरु हुने भएका छन् । बिहिबार मात्रै सरकारले विदेशमा अलपत्र परेका नागरिकलाई उद्धार गर्न तत्काल उडान सुरु गर्ने निर्णय गरेको छ । मंगलबार कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले उद्धार उडानहरू स्थगित गर्ने निर्णय सच्याउँदै मन्त्रिपरिषद्को हिजोको […]

सम्बन्धित शीर्षक