माओवादी केन्द्रले पठाएको पत्रलाई लिएर समाजवादी पार्टिमा विवाद जारी

  ।   २०८० आश्विन २२, सोमबार १२:५६

नेपालगन्ज । नेपाल समाजवादी पार्टीसँग एकीकरणको विषयमा माओवादी केन्द्रले पठाएको पत्रलाई लिएर समाजवादी पार्टीमा भैरहेको विवाद जारी नै रहेको छ ।

समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले आफूले पत्र नै नपाएको भन्दै एकीकरणका लागि इच्छुक देखिनुभएको छैन । माओवादीले समाजवादी पार्टीका अर्का अध्यक्ष महिन्द्रराय यादवलाई पत्र पठाएको विषयलाई लिएर भट्टराईले चित्त दुखाउनु भएको छ । तर पार्टीका अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङको हस्ताक्षरसहितको पत्र महिन्द्रराय यादवलाई मात्र नभएर अध्यक्ष भट्टराईलाई पनि पठाएको माओवादीले जनाएको छ ।

तर पार्टीको बैठकमा भट्टराईले आफूलाई पत्र नआएको बताउँदै आउनुभएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले आफूले समाजवादी पार्टीका दुवै जना अध्यक्षलाई पत्र पठाएको बताउनु भएको थियो । उहाँले भन्नुभयो, ‘हामीले नेसपाका दुवै जना अध्यक्षलाई मेलमार्फत पत्र पठाएको हो, त्यसमध्ये महिन्द्रराय यादवले रेसपोन्स पनि गर्नुभएको छ तर बाबुरामजीको हालसम्म कुनै रेसपोन्स आएको छैन ।

Next Post

हुलाकलाई पुनर्संरचना गरी नयाँ व्यवसायिक ढाँचामा लैजानुपर्छः मन्त्री शर्मा

२०८० आश्विन २२, सोमबार १२:५६
काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवालाई पुनःसंरचनामार्फत मौजुदा साधनस्रोतको पूर्ण क्षमतामा परिचालन गरी नयाँ व्यवसायिक ढाँचामा लैजानुपर्ने बताउनुभएको छ । विश्व हुलाक दिवसको अवसरमा हुलाक सेवा विभागले आयोजना कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले समय र प्रविधिको विकाससँगै हुलाक सेवाको दायरा फराकिलो बनाउँदै जनताको दैनिक सेवा प्रवाहसँग जोड्नुपर्ने […]