नेपालमा एकैदिन अहिलेसम्मकै धेरै १ हजार ४५४ जनामा कोरोना सङ्क्रमण

  ।   २०७७ भाद्र २६, शुक्रबार १६:२८

काठमाण्डौ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५१ हजार नौ सय १९ पुगेको छ । गएको २४ घण्टामा एक हजार चार सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

एकैदिन कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुने यो सङ्ख्या अहिलेसम्मकै धेरै हो ।

पछिल्लो २४ घण्टामा १० हजार सात सय एक जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा एक जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । यस्तै गएको २४ घण्टामा नौ सय ७२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३६ हजार ६ सय ७२ पुगेको छ ।

अब नेपालमा १४ हजार नौ सय २५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । तीमध्ये एक सय ७० जना आईसीयू र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै ६ हजार ७८ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा पाँच जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय २२ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Next Post

बाल मृत्युदर पहिलेकै अवस्थामा फर्कन सक्ने युनिसेफको चेतावनी

२०७७ भाद्र २६, शुक्रबार १६:२८
काठमाण्डौ । संयुक्त राष्ट्र सङ्घीय बाल कोष ९युनिसेफ० ले कोरोना भाइरसको महामारीका कारण बाल मृत्युदरको अवस्था पुरानै भयावह अवस्थामा फर्कन सक्ने चेतावनी दिएको छ । बाल मृत्युदर घटाउन पछिल्लो दशकमा हात पारेको उपलब्धि कोरोनाको कारण जोखिममा परको युनिसेफले जनाएको छ । सन् २०१९ मा विश्वभर इतिहासकै सर्वाधिक कम अर्थात् ५२ […]

सम्बन्धित शीर्षक