नेपालगन्ज । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) नेपालगन्ज उपमहानगरपालिकाले तीज मिलनको आयोजनामा रक्तदान गर्ने भएको छ । भदौ ४ गते गर्ने रक्तदान कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरेको अध्यक्ष मिना डागीले जानकारी दिनु भयो ।
नेपालगन्जबासीसंग सहयोग माग्न घरदैलो अभियान मै लाग्नु भएका अनेमसंघ क्रान्तिकारी नेपालगन्जका कार्यसमिति सदस्य देखि जिल्ला सदस्य सम्मका महिला नेताहरूले रक्तदान गर्न र सर सल्लाह दिन अनुरोध गरेका छन् । माउपाटी माओवादी केन्द्र, नगर पार्टी, आस्थाका संगठन र भात्री संगठनलाई झकझकाउदै सबैले सहयोग गर्न अध्यक्ष डागीले आग्रह गर्नु भएको छ । रक्तदान जीवन दान हो भन्दै अध्यक्ष डागीले सम्पुर्ण नगरबासी सर्वसाधारण ४ गते बिहान ८ बजे न्युरोड सेतु बिक चोक नजिक नेपालगन्ज माओवादी केन्द्रको नगर पार्टी कार्यालय उपस्थित भइ रक्तदान गर्न आह्वान गर्नु भयो ।
Next Post

अब कक्षा १२ को नतिजामा एनजी आए फेल भएको रूपमा बुझ्नु पर्ने
२०७९ भाद्र २, बिहीबार २२:०४
संवाददाता । जेठको १६ गतेदेखि भएको कक्षा १२ को वार्षिक बोर्ड परीक्षाको परीक्षाफल भदौ १५ गतेको हाराहारीमा गर्ने गरी काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभएको छ । यसपालिको नतिजामा विद्यार्थीहरूले विगतमा जस्तै लेटर ग्रेडिङ अनुसारको परीक्षाफल प्राप्त गरे पनि नन–ग्रेडिङ समेत हुने र त्यस्तो भएमा विद्यार्थीले […]
सम्बन्धित शीर्षक
-
२०८० आश्विन ५, शुक्रबार २०:३६
सरकार र शिक्षक बीच ६ बुदे सहमति
-
२०७९ कार्तिक १४, सोमबार १३:३५
बाँके २ (ख) का युवा उम्मेदवार बम जनताको रोजाईमा
-
२०७७ कार्तिक ४, मंगलवार १८:२४
थप तीन हजार ९३ सङ्क्रमितसहित एक लाख ३९ हजार १२९ पुग्यो
-
२०७८ जेष्ठ २९, शनिबार १७:०१
योङ्ग कम्युनिस्ट लिग बाँके द्वारा १ सय ५ पिन्ट रगत दान
-
२०७७ पुष १९, आईतवार ०९:०६
सिमीकोटमा दैनिक ११ घण्टा लोडसेडिङ, एसईईको तयारी गरिरहेका विद्यार्थीलाई समस्या
-
२०७८ चैत्र ९, बुधबार २३:३६
के के भयो नेपालगन्ज माओवादी केन्द्रको विस्तारित बैठकमा ??