कांग्रेस पदाधिकारी बैठक बस्दै, क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाउने

  ।   २०७८ श्रावण १२, मंगलवार ०७:१९

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। बैठक विहान बिहान ९ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने बैठक १४ औं महाधिवेशनको तयारीमा केन्द्रित हुने पौडेलले बताउनुभयो।

आजको बैठकले महाधिवेशन बारे थप निर्णय गर्न सक्ने पनि पौडेलले जानकारी दिनुभयो । यसअघि शनिबार बसेको पदाधिकारी बैठकले साउन १२ का लागि तय वडा तहको अधिवेशन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।

यसैबीच कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले आज आफ्नो प्रतिवेदन बुझाउने भएको छ । ९८ प्रतिशत काम सकिएपछि पार्टी सभापति देउवालाई प्रतिवेदन बुझाउन लागिएको समिति सचिव केशव रिजालले जानकारी दिनुभयो । पदाधिकारी बैठक बस्नुअघि नै सभापतिलाई प्रतिवेदन बुझाउने समितिको तयारी छ ।

समितिले असार मसान्तसम्म क्रियाशीलको काम सक्ने समय पाएको थियो । तर सो अवधिमा काम नसकिएपछि समितिले थप १२ दिनको अतिरिक्त समय पाएको थियो । थाहाखबर

Next Post

आजको मौसम : पाँच प्रदेशमा भीषण वर्षाको सम्भावना

२०७८ श्रावण १२, मंगलवार ०७:१९
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १‚ बागमती गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ । भीषण वर्षाका कारण यस क्षेत्रको पहाडी भेगमा पहिरो जान सक्ने र तटीय क्षेत्रमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । मंगलबार बिहान […]