संवाददाता ।
एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई हराउँदै नेपालले उपाधि जितेको छ । उपाधिसँगै नेपालले यसैवर्ष हुने एसिया कपमा छनोट हुँदै ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।
आजको खेलमा यूएईले दिएको १ सय १८ रनको सामान्य लक्ष्य नेपालले ३० ओभर ३ बलमा भेट्टायो । नेपाल सात विकेटले विजयी भयो । एसिया कप आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ ।
कुनै कारणले प्रतियोगिता प्रभावित नभएमा आयोजक पाकिस्तानसहित भारत, श्रीलंका, बङ्लादेश, अफगानिस्तान र एसीसी प्रिमियर कपको उपाधि विजेता नेपालबीच प्रतिस्पर्धा हुनेछ ।