दक्षिण अफ्रिकासँगको एकदिवसीय क्रिकेट शृङ्खला श्रीलंकालाई

  ।   २०७८ भाद्र २३, बुधबार ०७:१६

काठमाण्डौ । घरेलु टोली श्रीलंकाले दक्षिण अफ्रिकासँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला जितेको छ । कोलम्बोमा तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिकालाई ७८ रनले हराउँदै श्रीलंकाले शृङ्खला २–१ ले जितेको हो ।

श्रीलंकाले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३० ओभरमा अलआउट हुँदै १ सय २५ रनमा समेटियो । दक्षिण अफ्रिकाका हेन्रिच क्लासेनले सर्वाधिक २२ रन जोडे । श्रीलंकाका महेस थिक्सनाले ४ तथा वाविन्दु हसरंगा र दुश्मन्था चामिराले २र२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन जोडेको थियो । श्रीलंकाका चारिथ असालंकाले सर्वाधिक ४७ रन जोडे । दक्षिण अफ्रिकाका केशव महाराजले ३ तथा जर्ज लिन्डे र ट्राबेज शाम्सीले २र२ विकेट लिए । पहिलो खेलमा श्रीलंका १४ रनले विजयी भएको थियो भने दोस्रो खेल दक्षिण अफ्रिकाले ६७ रनले जितेको थियो ।

Next Post

तालिबानद्वारा अफगानिस्तानमा सरकार घोषणा, नेता अखुन्दले नेतृत्व सम्हाल्ने

२०७८ भाद्र २३, बुधबार ०७:१६
एजेन्सी । तालिबान समूहले अफगानिस्तानमा सरकार घोषणा गरेको छ । काबुल नियन्त्रण गरेको झण्डै तीन हप्तापछि तालिबानले सरकार घोषणा गरेको हो । अन्तरिम सरकारको नेतृत्व नेता मुल्लाह मोहम्मद हसन अखुन्दले गर्नुहुनेछ । त्यस्तै उप(प्रधानमन्त्री अब्दुल गनी बरादर रहने समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएको बीबीसीले जनाएको छ । बरादर विगतमा अमेरिकासँग […]