भीम ओली लुम्बिनी खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त

  ।   २०७८ श्रावण ३, आईतवार १६:४१

संवाददाता ।
तत्कालिन मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओली लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव नियुक्त हुनुभएको छ । लुिम्बनी प्रदेश सरकारको बुधबार बसैको मन्त्री परिषद् बैठकले ओलीलाई सदस्य सचिवमा नियुक्त गरेको हो ।

योसँगै १ र २ बाहेक सबै प्रदेश खेलकुद परिषद्ले नेतृत्व पाएको छ । २०७६ मा लुिम्बनी प्रदेशले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्दा स्थानिय रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका ओली नेकपा एमाले बाँकेका नेता समेत हुनुहुन्छ ।

केहि साता अघि मात्र प्रधानमन्त्री केपी ओली समूहले पूर्नगठन गरेको नेपाल खेलकुद महासंघका उपाध्यक्ष मनोनित हुनुभएका ओली नेपाल भलिबल संघका केन्द्रिय सचिव पनि हुनुहुन्छ ।

लगातार दुई कार्यकाल उहाँ भलिबल संघको केन्द्रिय समितिमा रहनुभएको खबर हाम्रो खेलकुद डटकमले खबर लेखेको छ ।

Next Post

साउनी कार्की घटनाबारे वाइसिएलको ध्यानाकर्षण

२०७८ श्रावण ३, आईतवार १६:४१
संवाददाता, नेपालगंज । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ एकता नगर टोलकी साउनी कार्की हत्या घटनाका सम्बन्धमा बाइसिएल नेपाल जिल्ला कमिटी, बाँकेले गंम्भिर ध्यानाकर्षण भएको जनाएको छ । इन्चार्ज सुरज जागा द्धारा जारी प्रेस बिज्ञप्तीमा जघन्य अपराधिक घटनामा संलग्नलाई कानूनी दायरामा ल्याई कडा कारबाही गर्न स्थानीय प्रहरी प्रशासनको ध्यानाकर्षण गराउँदछौं भनिएको […]