नेपाल र बंगलादेशबीच गोलरहित बराबरी, सिरिज जित्यो बंगलादेशले

  ।   २०७७ मंसिर २, मंगलवार १९:२४

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरी खेलेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा केही समयअघि सकिएको खेल गोलरहित बराबरीमा सकिएको हो ।

दोस्रो खेलमा नेपालले बराबरी खेले पनि मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजको ट्रफी भने घरेलु टोली बंगलादेशले जितेको छ ।

सिरिजको पहिलो खेलमा शुक्रबार नेपाल घरेलु टोलीसँग २–० गोल अन्तरले पराजित भएको थियो ।

आजको खेलमा बंगलादेशलाई ३–० गोल अन्तरले पराजित गर्न सकेको खण्डमा मात्र नेपाल उपाधि जित्ने सम्भावना थियो ।

अनुभवी खेलाडी भरत खवासलाई टिमको कप्तानी दिए पनि उनी खेलको १९ औं मिनेट सब्स्टीच्युट भएका थिए । उनलाई नवयुग श्रेष्ठले प्रतिस्थापन गरे ।

भरत मैदानबाट बाहिरिएपछि कप्तानी गोलरक्षक किरण कुमार चेम्जोङले गरेका थिए ।

दोस्रो खेलमा मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले सुरुवाती ११ मा केही परिवर्तन गरेका थिए । जसमा रक्षापंक्तिमा पहिलो खेलमा सुरुवाती ११ मा परेका अजित भण्डारी र सुमन अर्यालको स्थानमा छिरिङ गुरुङ र रञ्जित धिमाललाई मैदानमा उतारिएको थियो ।

मिडफिल्डमा अनुभवी खेलाडी विक्रम लामाको स्थानमा पहिलो मैत्रीपूर्ण खेलमा डेब्यु पाएका एरिक बिष्ट सुरुवाती ११ मा परे ।

फरवार्डमा भरत खवास र दर्शन गुरुङले सम्हालेका थिए तर, खेलको १९ औं मिनेटमा भरतको स्थानमा नवयुग मैदान छिरे ।

आजको खेलमा शेसेहाङ आङ्दाम्बे र पुजन नगरकोटीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । उनीहरु दुवै खेलाडी सब्स्टीच्युटका रुपमा मैदान प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

५०२ कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु

२०७७ मंसिर २, मंगलवार १९:२४
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५०२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । पछिल्लो २४ घन्टामा देशभर जम्मा ३ हजार ११२ जनाको पिसिआर परीक्षण भएको थियो । जसमध्ये ५०२ जनाको पोजिटिभ आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका […]

सम्बन्धित समाचार