मानवता बाँकेद्वारा भुकम्प प्रभावितलाई भोजनको व्यवस्था

  ।   २०८० कार्तिक २३, बिहीबार ०८:५६

नेपालगन्ज । छोटो समयमै सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरिरहेको मानवता नेपाल बाँकेले गत शुक्रबार जाजरकोट र रुकुम पश्चिममा भुकम्पमा परी उपचारार्थ भेरी अस्पताल नेपालगन्जमा भर्ना भएका बिरामी र उनका कुरुवाहरुलाई खाना नास्ताको व्यवस्था गरेको छ ।

मानवता नेपाल बाँकेका कार्यसमिति सदस्यहरुले थोरै थोरै आर्थिक उठाएर बुधबार भेरी अस्पतालमा निशुल्क खानाको व्यवस्था गरिरहेको अन्जली माता रस‍ोईलाई रु १० हजार नगद हस्तान्तरण गरिएको थियो ।

भुकम्पमा परी घाइते र नीजका कुरुवालाई कसरी सहयोग गर्न सकिन्छ भनेर उक्त संस्थाका सञ्चालकसंग कुराकानी गर्दा उहाँहरुलाई हामी एकै किसिमको खाना खुवाउछौं हजुरहरुले नगद नै सहयोग गर्नुस भनेपछि नगद सहयोग हस्तान्तरण गरेको संस्थाका अध्यक्ष मधुसूदन अधिकारीले बताउनु भयो ।

Next Post

कक्षा १२ को पुरक परिक्षाको नतिजा प्रकाशित

२०८० कार्तिक २३, बिहीबार ०८:५६
नेपालगन्ज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले आज एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा गएकाे असोज ९ र १० गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशित गरिएको जनाएको छ । कुल […]