पाकिस्तानमा दुई समूहबीच गोली हानाहान, ९ जनाको मृत्यु, २० जना घाइते

  ।   २०७८ आश्विन ५, मंगलवार ०७:३३

एजेन्सी । पाकिस्तानको एक अदालत परिसरमा दुई समूहबीचको गोली हानाहान हुादा ९ जनाको मृत्यु भएको छ ।

पाकिस्तानको उत्तर पश्चिम स्थित दीर जिल्लामा रहेको एक जनजाती अदालतमा भएको घटनामा २० जना घाइते भएका छन् ।

घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । जग्गाको बिषयमा भएको बिबाद समाधानका लागि अदालत पुगेका दुबै समुहबीच गोली हानाहान भएको बुझिएको छ ।

घटनामा संलग्न केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पाकिस्तानमा बर्षेनी जग्गा बिबादका कारण हुने झडपमा कयौंको ज्यान जाने गरेको छ ।

Next Post

सुरक्षाको कारण देखाउँदै इंग्ल्याण्डको पुरुष र महिला टीमद्वारा पाकिस्तान भ्रमण रद्द

२०७८ आश्विन ५, मंगलवार ०७:३३
एजेन्सी । इंग्ल्याण्डको पुरुष र महिला क्रिकेट टीमको पाकिस्तान भ्रमण रद्द गरेका छन् । इंग्ल्याण्ड क्रिकेट बोर्डले यसबारेमा जानकारी दिएसँगै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले यसको आधिकारिक जानकारी दिएको छ । पीसीबीले जारी गरेको विज्ञप्तिमा सुरक्षासँग जोडिएको चिन्तालाई मध्यनजर राख्दै इंग्ल्याण्डले अक्टोबरमा गर्ने भनिएको पाकिस्तान भ्रमण रद्द गरिएको उल्लेख गरिएको छ […]

सम्बन्धित समाचार