नेपालगंज ।
सामाजिक सुशासन, पारदर्शिता र जवाफदेहिता लगायतका विभिन्न बिषयलाई ध्यान दिने हो भने, सरकारी कार्यालयका बोर्ड, नागरिक वडा पत्र, सूचना पाटी, सुझाव पेटिकाहरु जस्ता कुराहरु सबैले देख्ने ठाउँमा राख्नु पर्छ ।
ताकी सबैले सहज जानकारी प्राप्त गर्न सकुन । तर बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर २३ को वडा कार्यालयले भने वडा अध्यक्ष बस्ने कोठाको ढोका अगाडी वडा कार्यालयको बोर्ड राखेको पाईएको छ ।
पक्की एकतले भवनमा कार्यालय भएपनि बोर्डलाई बाहिरी नराखी भित्र राख्दा सेवा ग्राहीहरु झुक्कीने गर्छन । किनकी सोही भवनको एक तर्फ शहरी स्वास्थ्य केन्द्र राखीएको छ ।
बाहिरबाट हेर्दा पुरै शहरी स्वास्थ्य केन्द्रको मात्र सेवा प्रवाह हुने जस्तो देखिन्छ । तर त्यहाँ वडा कार्यालयका सेवाहरु पनि दिने गरिएको छ । शहरी स्वास्थ्य केन्द्रले भने ब्यानर तयार गरी सबैले देख्ने गरी बाहिर झ्यालको अगाडी टाँसेको छ ।