चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  ।   २०७८ श्रावण ३२, सोमबार ०७:२३

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज केही प्रदेशमा भारी वर्षाको सम्भाना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ ।

यसैबीच आज बिहान देशभर सामान्यदेखी पूर्ण बदली रहेको छ । प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Next Post

अफगानिस्तान : नेपालीहरु उद्धारको पर्खाइमा, आफ्नो अवस्था जानकारी गराउन सरकारको आग्रह

२०७८ श्रावण ३२, सोमबार ०७:२३
काठमाण्डौ । अफगानिस्तानमा कार्यरत नेपालीहरु उद्धारको पर्खाइमा बसेका छन् । उनीहरुले दूतावास र नियोगभित्र सुरक्षित भए पनि बाहिरको अवस्था डरलाग्दो भएको बताएका छन् । ग्रिन जोन र रेड जोन क्षेत्र तोकिए पनि अरु नागरिकजस्तै नेपालीहरु पनि असुरक्षित रहेका त्यहाँ कार्यरत दाङका मेघराज भट्टराईले उज्यालोलाई बताउनुभयो । अफगानिस्तानमा अमेरिकी दूतावास, युरोपेली […]

सम्बन्धित शीर्षक