१९ भदौ, २०७७ ।
राम्रो माक्र्स बिद्यार्थीको बाटो तय गर्ने साधन हो । माक्र्स राम्रो भएन भने बिद्यार्थीको भबिष्य अन्धकार नै हुन्छ । तर यस बर्ष करिव २६ हजार बिद्यार्थी कक्षा ११ पढ्न नपाउने भएका छन् । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोख्रेलको अध्यक्षतामा गत साउन २८ गते बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठकले एस.ई.ई.मा अंग्रेजी, बिज्ञान र गणित बिषयमा डि प्लस ल्याएर मात्र नपुग्ने र कक्षा ११ मा भर्ना हुन जीपीए १.६ ल्याउनै पर्ने प्रावाधान पहिल्यै रहेको कुरा प्रस्ट पारेको छ भने यस बर्ष यि दुबै मापदण्ड पुरा नगर्ने बिद्यार्थी करिव २६ हजार छन् ।
कक्षा ११ मा भौतिक बिज्ञान, रसायन बिज्ञान, जीव बिज्ञान र गणित बिषय पढ्नका लागि भने जीपीए १.६ संगै अंग्रेजी, गणित र बिज्ञान बिषयमा सी प्लस ल्याउनै पर्दछ । मौका परिक्षा हुने अवस्था पनि यसपाला छैन । के ती बिद्यार्थीहरु अव नपढ्ने ? स्मरण रहोस २०७२ सालदेखि सुरुभएको ग्रेडिड्ड अंकन प्रणालीमा कसैको लब्धांक पत्रमा “अनुत्तीर्ण” लेखिँदैन ।
सँधैका बर्षहरुमा जस्तै यस बर्ष पनि बिद्यार्थीले पूर्णरुपमा परिक्षाको अन्तिम घडीसम्म तयारी गरे । तर चीनको वुहान शहरबाट फैलिएको कोरोना भाईरस संक्रमितको संख्या ईटाली, अमेरीका, भारत हुँदै नेपालमा बढ्दै गएपछी र महामारीका कारण मृत्युका घटनाहरु बढ्दै गएपछी २०७६ चैत्र ६ गते देखि हुने तय भएको एस.ई.ई. परिक्षा स्थगित भयो । परिक्षा स्थगित भएपछी कक्षा १० का एस.ई.ई. परिक्षा दिने बिद्यार्थी अन्यौलमा परे । परिक्षा फेरी कहिले हुन्छ भनेर ? यसैक्रममा शिक्षा मन्त्रालयको निर्णय अनुसार शैक्षिक सत्र निरन्तरताका लागि बिद्यालयहरुले बिद्यार्थीको पूर्व कार्यदक्षता र पूर्व परिक्षाका नतिजा अनुसार मूल्यांन गरी नम्बर राष्ट्रिय परिक्षा बोर्डमा पठाउने निर्णय भयो र सोही बमोजिम परिक्षा बोर्डले अन्य मूल्यांकनको बिधि अपनाएर बिद्यालयहरुले पठाएका नम्बरहरु प्रमाणीकरण गरेर गत भाद्र ५ मा नतिजा प्रकाशन पनि ग¥यो ।
बिगत बर्षहरुमा परिक्षाको नतिजा हेर्ने हो भने ग्रेड प्रणाली सुरुभएको सुरु बर्ष २०७२ मा औषत ग्रेड पोईन्ट ४ ल्याउने बिद्यार्थी २ जना मात्र थिए । त्यसपछी २०७३ मा ४ जना २०७४ मा ७४ जना, २०७५ मा १०२ र अहिले यस बर्ष २०७६ मा बिद्यालय आफैले मूल्यांकन गर्दा औषत ग्रेड पोईन्ट ४ ल्याउने ९ हजार भन्दा बढी बिद्यार्थी भए । त्यसमा २६ हजार भन्दा बढी बिद्यार्थीले कक्षा ११ मा भर्ना पाउन नसक्ने गरी परिक्षाको परिणाम सार्वजनिक भयो ।
बिद्यार्थी आफैले लेखेर ल्याउने ग्रेड पोईन्ट र अहिले बिद्यालयहरुले स्वमूल्यांकन गर्दा कति फरक पर्दो रहेछ । वास्तवमा परिक्षा आफैमा एउटा बिद्यार्थीले आफूलाई आफैले चेक जाँच गर्ने पद्धति अवस्य हो । बिद्यार्थीको स्तर जाँच गर्ने एउटा प्रणाली भनेको परिक्षा हो । परिक्षाले बिद्यार्थीलाई उसको स्तरको मापन गर्ने गर्दछ र बिद्यार्थी योग्य र अयोग्य साबित गर्दछ । आफैले मेहनेत गरेर ल्याएको नतिजामा बिद्यार्थीले गर्व गर्ने ठाउँ रहन्छ ।
यस बर्षको मूल्यांकनमा के त्रुटी भयो ?
अहिलेको औसत ग्रेड पोईन्ट मूल्यांकनमा के समस्याहरु रहे ? वास्तवमा अहिले सरसर्ती हेर्दा हेड टिचरको आफ्ना, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष वा समितिका सदस्यहरुका आफ्ना र जेठो शिक्षकको आफ्ना मान्छे र अरु समाजमा नाम कमाएका, धन कमाएका मान्छेका छोरा छोरीहरुले राम्रो ग्रेड पाए । यसरी राम्रो ग्रेड पाउनुमा बिद्यार्थी स्वयंको बिद्यालय भित्रको कार्य सम्पादन, नियमितता र अघिल्ला परिक्षाहरुको कार्य सम्पादन आदिलाई अवश्य हेरियो होला ।
तर, मौका यही हो भनेर आफ्नालाई हेरेको देखियो । यसरी मूल्यांकन गर्दा अवश्यपनि बिद्यार्थीलाई फाईदा हुँदैन । बाहिर बजार हेर्दा राम्रो ग्रेड पाउने बिद्यार्थीमा पनि खुशी पाईएको छैन । कम ग्रेड पोईन्ट पाउने पनि खुशि छैन । कम ग्रेड पोईन्ट पाउने बिद्यार्थी भन्छन् “म माथि पक्षपात गरियो । यो भन्दा राम्रो त मैले आफैले लेख्न पाएको भए हुने थियो । सरहरुले म माथि पक्षपात गरे ।” भन्ने गुनासो सुन्नमा आएको छ । यो भन्दा अघिका परिक्षा बिद्यालयले लिँदा पनि हुने यो एस.ई.ई. किन मान्य नहुने भन्ने पनि कुरा सुनियो । तर यहाँ परिक्षा नै नलिईकन नतिजा निकालियो । यो कुरा अनौठो लागेको हो ।
नौ कक्षा सहजै पास भएर दशमा पढेको बिद्यार्थीको मूल्यांकन बिद्यालयहरुले स्वःमूल्यांकन गर्दा यति धेरै बिद्यार्थी कक्षा ११ मा पढ्न नपाउने भए । आफै परिक्षा दिएर यो अवस्था आएको भए यसको जिम्मेवारी बिद्यार्थीहरुले आफै लिने थिए । यिँ कलेजमा भर्ना हुन नपाउने बिद्यार्थीका लागि राज्यले सोच्नु पर्दछ । अव पुनः परिक्षा लिने त वातावरण नै भएन, तर पनि पुनः मूल्यांकन गरेर भएपनि उनिहरुको स्तर उन्नती गरेर उनीहरुको पढ्न पाउने अधिकार सुनिश्चित गर्न जरुरी छ । राज्यले पुनः सोचेर उनिहरुलाई कलेज भर्ना हुने वातावरण बनाउन जरुरी छ । १.६ जीपीए सम्म ग्रेड नपाएपनि उनीहरुपनि कक्षा १० का बिद्यार्थी थिए । उनीहरुको स्तर उन्नती गर्ने थुप्रै उपायहरु छन् । यसमा नै प्रश्न हो ।
राम्रा कहलिएका बिद्यालयहरुले के गरे ?
बास्तवमा राम्रा कहलिएका बिद्यालयहरुले आफ्नो बिद्यालयको शाख वा नाक राम्रो राखिराख्न बिद्यार्थीहरुलाई दिन सक्ने जति अंक दिए । मानौं सामाजिक शिक्षा वा अरु थेओरी बिषयमा बिना मूल्यांकन शतप्रतिशत नम्बर दिन मिल्छ कि मिल्दैन ? त्यस्ता बिषयमा पनि बिना परिक्षा शत–प्रतिशत अंक दिएर पठाईयो । यहाँनेर गल्ती भयो । अनि प्राक्टीकल र थेओरी दुबैमा शत्–प्रतिशत अंक दिईयो र अन्य बिषयमा पनि त्यसरी नै अंक दिईयो । यसले बिद्यार्थी समस्यामा परेका छन् । अर्कोतर्फ कमजोर अभिभावकहरुको सूचि बनाएर उनिहरु को बच्चाहरुलाई सोही अनुसार अंक दिईयो । अंग्रेजीमा हेल्लो इफेक्ट भन्ने गरिन्छ कि गरिव र सामान्यका छोरा–छोरी पनि सामान्य नै हुन्छन् ।
तर अहिले लोक सेवा आयोगमा नाम निकाल्नेहरु मध्ये केही सामान्य परिवारका पनि छन् । उनीहरुले मेहेनेत गरेर लोक सेवा आयोगमा नाम निकाल्न सफल पनि भएका छन् । के त्यसो मात्र हुँदोरहेछ त ? वास्तवमा होईन । यसरी हचुवाको भरमा अंक दिँदा बिद्यार्थीलाई कति असर पर्दछ भन्ने कुरा त राज्यले अव एक दुई बर्षमा थाहा पाउन सक्ला ।
अवको बाटो के हुने ?
वास्तवमा अव उप्रान्त यस्तो खाले परिक्षा नतिजा नेपालमा कहिल्यै हुनुहँुदैन । किनभने हरेक बिद्यार्थीले आफ्नो क्षमता आफैले चेकजाँच गर्न चाहन्छ । जे जस्तो नतिजा आएपनि आफूले मेहनेत गरेर ल्याएको ग्रेड प्रति उस्ले गर्व गर्दछ र त्यसको जिम्मा आफै लिन्छ । हामी बच्चालाई जीवन सिकाउने भन्छौं । वास्तविक जीवन पनि यहि हो । किनभने आफूले गरेको कामको परिणाम राम्रो भएपनि नराम्रो भएपनि त्यसको अपनत्व आफूले लिनपाउँदाको मजा बेग्लै हुन्छ । त्यसले जीवन सिकाउँछ । जीवन सिक्नु नै वास्तवमा वास्तविक शिक्षा हो ।
जव मेडिटेरियनहरुले समुन्द्रको भेउ पाएनन् त्यसपछी डुड्डाको आविस्कार गरे । जव रातिमा धेरै अँध्यारो भयो र रातका कामहरु सहज हुन सकेनन् । त्यसपछी थोमस अल्वा अडिशनले बिजुलीको बल्वको आविष्कार गरे । समस्याले आविस्कार गर्न सिकाउँछ भन्ने कुरा त हामीलाई थाहा छ । त्यसैले बिद्यार्थीलाई आफै उत्तर पुस्तिका लेख्न लगाएको भए राम्रो हुने थियो । यो परिक्षा सबै बन्दोबस्ती मिलाएर अनलाईन पनि गर्न सकिन्थ्यो । कैयौं विश्व बिद्यालयहरुले त्यसै गर्दछन् त ? त्यसकारण परिक्षा आफैमा अत्यन्त संवेदनशील घडी हो । हरेक बिद्यार्थीले स्वतःस्फूर्त परिक्षा दिन पाउनु पर्दछ । परिक्षा दिन पाउनु हरेक बिद्यार्थीको अधिकार हो ।
(प्रतिक्रियाका लागि सम्पर्क नंबर ९८४८०२९३४१ मा फोन गर्न सक्नुहुनेछ ।)