बाँकेका किसानसँग धान खरिद गर्दै खाद्य कम्पनी, भिजेका र मक्किएका धान नल्याउन आग्रह

  ।   २०७८ मंसिर २३, बिहीबार ०८:०३

नेपालगञ्ज ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बाँकेका किसानसँग धान खरिद गर्ने भएको छ । यही मङ्सिर २६ गतेदेखि धान खरिद गरिने कम्पनीका नेपालगञ्ज शाखा प्रमुख रामबहादुर विष्टले जानकारी दिनुभयो ।

गतवर्ष बाँकेलगायत छिमेकी जिल्लाका किसानका धान खरिद गरेकामा कम्पनीले यस वर्ष बाँकेका किसानसँग मात्र खरिद गर्न लागेको छ । कम्पनीले गत वर्षभन्दा यस वर्ष ढिला गरी धान खरिद सुरु गर्न लागेको हो ।

सरकारले भदौ महिनामै धानको समर्थन मूल्य तोके पनि दसैँपछिको बेमौसमी वर्षाका कारण खरिद प्रक्रिया ढिला गरी सुरु भएको कम्पनीका शाखा प्रमुख विष्टको भनाइ छ । बाँकेका किसानसँग यस वर्ष २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएको छ ।

कम्पनीले धान बिक्रीका लागि ल्याउने किसानमा सूचना जारी गर्दै भिजेका र मक्किएका धान नल्याउन आग्रह गरेको छ । आवश्यक मापदण्ड निर्धारण गरी किसानका धान खरिद गर्न लागिएको शाखा प्रमुख विष्टले जानकारी दिनुभयो । रासस

Next Post

कांग्रेसमा इतर समूहलाई साझा उम्मेदवार बनाउनु पर्ने दबाब, पर्ख र हेरको रणनीतिमा देउवा

२०७८ मंसिर २३, बिहीबार ०८:०३
काठमाण्डौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने छ । बैठकमा भोलिदेखि सुरु हुने पार्टीको १४ औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा […]

सम्बन्धित समाचार