कांग्रेसमा इतर समूहलाई साझा उम्मेदवार बनाउनु पर्ने दबाब, पर्ख र हेरको रणनीतिमा देउवा

  ।   २०७८ मंसिर २३, बिहीबार ०८:०५

काठमाण्डौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने छ ।

बैठकमा भोलिदेखि सुरु हुने पार्टीको १४ औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

यस्तै, सभापतिको साझा उम्मेदवार तय गर्न कांग्रेसको संस्थापन इतर समूहको बैठक आज पनि बस्दै छ । हिजो नेता प्रकाशमान सिंहको निवास चाक्सिबारीमा बसेको बैठकमा सभापतिको आकाङ्क्षीबीच कुरा मिल्न नसक्दा सहमति हुन सकेको थिएन ।

आज बेलुकासम्म साझा उम्मेदवार चयन गर्ने यो समूहका नेताहरुले बताएका छन् । कांग्रेसको संस्थापन इतर समूहमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा। शशाङ्क कोइराला, पूर्वमहामन्त्री सिंह र नेता डा। शेखर कोइराला सभापतिको आकाङ्क्षी हुनुहुन्छ ।

हिजो शेखर कोइराला र प्रकाशमान सिंहले अडान नछाडेपछि आपसमा सहमति गर्न नसकेको र आफूलाई पनि नेतृत्वमा स्वीकार नगरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीबाटै अलग हुने चेतावनी दिनु भएको थियो ।

पार्टी र सत्ताको केन्द्रमा रहेका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिहरूको अङ्कगणितमा समेत बलियो बनेपछि यो समूहलाई देउवाविरुद्ध साझा उम्मेदवार बनाउन दबाब बढेको छ । देउवा भने संस्थापनबाहेक समूहबाट साझा उम्मेदवार तय हुने वा नहुने आधारमा आफ्नो टिम घोषणा गर्ने रणनीतिमा हुनुहुन्छ।

Next Post

धान विक्रीका लागी सिफारिस लिने कृषकको भीड

२०७८ मंसिर २३, बिहीबार ०८:०५
संवाददाता, नेपालगंज । कृषि ज्ञान केन्द्र बाँके (नेपालगंज) मा आज बिहानै देखी धान विक्रीका लागी सिफारिस लिने कृषकहरुको भीड लागेको छ । नेपाल सरकारको स्वामित्वमा भएको खाद्य संस्थानले कृषिको सिफारिस (कुपन) का आधारमा धान खरिद गर्ने भएपछि सिफारिस लिन कृषकहरु बिहानै पुगेका हुन । कृषकहरुको भीड बढेपछि कुपन वितरण गर्न […]