जनता झुक्याउनेलाई राम्रोसँग चिन्न नेता अकल बमको आग्रह

  ।   २०७९ कार्तिक ४, शुक्रबार १७:५९

नेपालगन्ज ।  नेकपा (माओवादी केन्द्र) का नेता तथा बाँके क्षेत्र नं २ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार अकल बहादुर बमले आफूलाई जिताउन आगामी गर्नु भएको छ । नेता बमले अवको नेतृत्व युवा सक्षम व्यक्तिलाई चुन्न जनता समक्ष अपिल गर्नु भयो । जनताको काम गर्न नसके अर्कोपटक चुनावी मैदानमा घरीघरी नआउने समेत बताउनु भयो । सधैं जनता झुक्याउनेलाई चिन्न पनि नेता बमले जनतालाई सचेत गराउनु भयो ।


बाँके क्षेत्र नं २ (ख) काे नेपालगन्जमा चुनावी प्रचार प्रसार कार्यालयहरू उद्घाटन गर्ने क्रममा पार्टी कार्यकर्ता तथा मतदाताहरूलाई सम्बोधन गर्दै उहाँले जनता झुक्याउने नेतालाई यसपालीको चुनावले नै ठेगान लगाउनु पर्ने बताउनु भयो । ‘मैले यहाँ तपाईंहरूलाई गफ दिइरहेको छैन । आश्वासन र सपनाहरू बाँडिरहेको पनि हैन । यसअघि पनि यो क्षेत्रले सांसद पायो । जिल्लाले प्रधानमन्त्री पनि पायो, मन्त्री पायो तर नेपालगन्जले के पायो ? यो क्षेत्रका जनताले के पाए ? यहाँ के विकास भयो ?’ उहाँँले भन्नुभयो, ‘ आफू पहिलो पटक चुनाव लडिरहेको छु । जनताको चौकीदार बन्न राजनीतिमा होमिएको हुँ ।’ देशमा संघीयता र गणतन्त्रको लडाईंमा अग्रणी भूमिका खेलेर परिवर्तनलाई संस्थागत गर्न आफ्नो पार्टीको महत्वपूर्ण भूमिका रहेको भन्दै व्यवस्थालाई उन्नत बनाउन र जनताकाे अवस्थामा परिवर्तन ल्याउनका लागि पनि एकपटक याे पार्टीलाई मौका दिन उहाँले अपिल गर्नु भयो। तपाईंहरूको यो विश्वासलाई डगमगाउन दिनेछैन । नेपालगन्जमा विकासको लहर लिएर मतदातासँगै रहने उहाँले प्रतिवद्दता जनाउनु भएकोछ ।

चुनाव प्रचार प्रसारका लागि माओवादी केन्द्र नेपालगन्जले निर्वाचन क्षेत्र नं. २ (ख) का सबै वडाहरूमा प्रचार प्रसार कार्यालयहरू खोलिरहेको छ । शुक्रबार  पनि नेपालगञ्जका विभिन्न वडाहरूमा सम्पर्क तथा प्रचार प्रसार कार्यालयहरू खुल्ने माओवादी केन्द्र नेपालगन्ज प्रचार विभागले जानकारी दिएकाे छ । जस अनुसार नेपालगञ्ज उपमहानगर वडा नं ४ को बाइपास राेडमा चुनावी प्रचार प्रसार कार्यालयकाे उद्घाटन गरिएकाे छ । आजै नगर पार्टी कार्यालयमा रहेको निर्वाचन मुख्य सचिवालयको कार्यालय उद्घाटन कार्यक्रम भएको निर्वाचन परिचालन कमिटीका संयाेजक नविन शर्माले जानकारी दिनु भयो ।             

Next Post

बाँके नरैनापुर बासीले नमुनालाई भने तपाइले गरेका काम हामी बिर्सिदैनौं

२०७९ कार्तिक ४, शुक्रबार १७:५९
बाँके । सत्ता गठबन्धनबाट बाँके– १ (क) बाट लुम्बिनी प्रदेश सांसदको लागि उम्मेदवार रहेकी कृष्णा केसी (नमुना) ले नरैनापुरका स्थानीयसँग छलफल गर्नु भएको छ । शुक्रबार नरैनापुरका वडा नम्बर १, ३ र ६ का विभिन्न गाउँहरुमा पुगेर स्थानीयलाई अहिलेसम्म आफुले गरेका कामहरुको बारेमा जानकारी गराउनु भएको थियो ।स्थानीयले भने पाँच […]