नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

  ।   २०७८ बैशाख २१, मंगलवार ०८:५०

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टीको आगामी १४ औँ महाधिवेशन तथा समसामयिक विषयमा छलफल गर्न बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्न लागेको हो।

बैठकमा पार्टीको महाधिवेशनका लागि भइरहेको तयारी तथा पछिल्लो समय तीव्र रुपमा फैलिएको कोरोना संक्रमणलगायतका विषयमा छलफल हुने सहमहामन्त्री डा। प्रकाशशरण महतले जानकारी दिए।

बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाइएको छ। पदाधिकारी बैठक हिजोका लागि तय गरिएको भए पनि केही पदाधिकारीको स्वास्थ्यमा समस्या देखिएको भन्दै स्थगित गरिएको थियो।

हिजो प्रवक्ता विश्व प्रकाश शर्मा लगायतका केही नेतामा कोरोना पुष्टि भएको थियो। कोरोना महामारीको कारण यसअघि बोलाइएको कांग्रेसको केन्द्रीय कार्य समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। थाहाखबर

Next Post

मोदीको निर्वाचन क्षेत्रका बासिन्दाको प्रश्न : सङ्कटमा प्रधानमन्त्री कहाँ हराए ?

२०७८ बैशाख २१, मंगलवार ०८:५०
काठमाण्डौ । कोरोना महामारीमा साथ नदिएको भन्दै भारतको उत्तरप्रदेशका बासिन्दाहरुले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आक्रोश व्यक्त गरेका छन् । हिन्दुहरुको लागि संसारकै पवित्र सहर वाराणसी तथा आसपासमा क्षेत्रमा महामारी भयावह बन्दा पनि कुनै साथ नदिएको भन्दै त्यहाँका नागरिकले आक्रोश व्यक्त गरेका बीबीसीले जनाएको छ । मोदीले आफ्नै निर्वाचन क्षेत्रमा बढेको सङ्कटमा […]