बाँके जिल्लाबाट आज थप ४२ जना कोेरोना जितेर घर फर्किदै

  ।   २०७७ कार्तिक १, शनिबार ११:३३

बाँके । बाँके जिल्लाबाट आज (शनिबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका ४२ जना निको भइ डिस्चार्ज हुँदैछन् ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा १५ जना महिला र २७ जना पुरुष रहेका छन् । यससँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या दुई २२ पुगेको छ ।

बाँकेमा हालसम्म दुई हजार ६३५जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टिभएको डी.सीसी.एम.सी बाँकेले जनाएको छ । संक्रमित मध्ये २९ जनाको मृत्यु भएको छ । बाँके र बाहिर जिल्लाका गरी अहिले ६०९ जना कोरोना संक्रमित मानिस आईसोलेसनमा रहेका छन् ।

बाँकेमा बिरामी निको हुने दर ७६.७४ प्रतिशत, मृत्यु दर १.१० प्रतिशत र रोगको प्रकोप दर ०.४४ प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेले जनाएको छ ।

Next Post

तीन हजार १६७ थपिए, सङ्क्रमित एक लाख २९ हजार ३०४ पुग्यो

२०७७ कार्तिक १, शनिबार ११:३३
काठमाडौं । नेपालमा कोरोनाभाइरसका तीन हजार १६७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १५ हजार ४३८ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १५ हजार ४३८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार […]

सम्बन्धित समाचार