मनसुनी वायुको प्रभाव‚ तीन प्रदेशमा भीषण वर्षाको सम्भावना

  ।   २०७८ श्रावण २५, सोमबार ०७:०५

काठमाडौं । मनसुनी वायुको प्रभावका कारण आज देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ।

सोमबार बिहान देशका अधिकांश भूभागमा मौसम बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो पनि देशभर मौसम बदली रही धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेश को एक वा दुई स्थानमा भने मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै‚ राति पनि देशभर बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार प्रदेश १ को एक वा दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ। -थाहाखबर

Next Post

तीन महिनामा सल्यानबाट साढे आठ करोडको तरकारी निकासी

२०७८ श्रावण २५, सोमबार ०७:०५
सल्यान । सल्यानको प्रमुख व्यापारिक केन्द्र कपुरकोटबाट तीन महिनामा साढे आठ करोड रूपैयाँको तरकारी निकासी भएको छ। कृषि उपज बजार केन्द्र कपुरकोटबाट जेठ १ दखि साउन १५ सम्म ८ लाख ४५ लाख ५३ हजार ३०६ रुपैयाँको तरकारी निकासी भएको हो। कोरोना महामारी नियन्त्रण गर्न लागु गरिएको निषेधाज्ञा जारी गर्दा तरकारी […]

सम्बन्धित शीर्षक