सहकारी संस्थाको रकम हिनामिना गरी फरार रहेका व्यक्ति पक्राउ

  ।   २०८० भाद्र २६, मंगलवार २१:५१

नेपालगन्ज । कास्की पोखरा बागलुङ बसपार्कस्थित सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरी फरार रहेका ललितपुर गोदावरी नगरपालिका(४ ठेगाना भएका सोही संस्थाका कोषाध्यक्ष ४२ वर्षीय कुमार रम्तेललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

रम्तेल समेतले ठगी गरेको भनि वचतकर्ताहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको तथा रम्तेल समेतको नाममा जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भई सहकारी तथा ठगी सम्बन्धी मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका(१४ कुमारीपाटीबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।

Next Post

जिल्ला अदालतमा दुनियाँवादी देवानी प्रकृतिका मुद्दाको सङ्ख्या धेरै

२०८० भाद्र २६, मंगलवार २१:५१
प्रेम विश्वकर्मा, बाँके । आम नागरिकको न्यायका लागि ढोका ढक–ढकाउने पहिलो निकाय भनेकै जिल्ला अदालत हो । तर यहाँ पनि अपर्याप्त जनशक्ति, सिमित स्रोत साधानका कारण सेवाग्राहीको अपेक्षा अनुसार समयमा न्याय प्राप्त हुन सकेको छैन । बाँके जिल्ला अदालतको आर्थिक बर्ष २०७९-०८० को वार्षिक प्रतिवेदन अनुसार जम्मा ६ हजार ९ […]