वेश्याबृत्तिमा लगाएको आरोपमा एक पक्राउ

  ।   २०८० मंसिर १२, मंगलवार १३:५०

नेपालगन्ज । रोजगारीको प्रलोभन देखाई वेश्याबृत्तिमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका-९ रातोपुलस्थित नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरका संचालक संखुवासभा चिचिला गाउँपालिका-१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । साथै सेन्टरबाट २ नाबालिका र १ युवतीलाई प्रहरीले उद्दार गरेको छ ।

उक्त स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई जबरजस्ती वेश्याबृत्तिमा लगाई यौन शोषण गर्ने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले पौडेललाई पक्राउ गरेको हो । युवतीहरूलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी स्पा सेन्टरमा बोलाउने गरेको, मसाजका साथै शारीरिक सम्पर्क राख्न दवाव दिने गरेको र पौडेलले भने अनुसारको काम गर्न नमानेमा शारीरिक तथा मानसिक यातना दिनुको साथै अश्लिल फोटो तथा भिडियो सामाजिक सञ्जाल मार्फत आफन्तलाई पठाईदिने जस्ता डर त्रासमा पार्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

रातो पुल र एयरपोर्ट नजिकै रहेका पौडेलका २ वटा स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई आलोपालो एक ठाउँबाट अर्को ठाउँमा पठाउने गरेको खुल्न आएको छ । पौडेललाई काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Next Post

भैलीमा संकलन भएको रकमबाट असहायलाई सहयोग

२०८० मंसिर १२, मंगलवार १३:५०
शान्ती सुनार कोहलपुर । कोहलपुर नगरस्तरीय युवा क्लब संजालले कोहलपुर ११ मा रहेको निल सागर बाल आश्रमलाई सहयोग सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक सुरक्षा र सचेतनाका लागि निर्मित देउसी भैलो समुहबाट संकलन गरेको रकमले उक्त सामाग्री हस्तान्तरण गरेको क्लबका अध्यक्ष रमेश वरले बताउनुभयो । उहाँले परम्परा संस्कृति जोगाउन, सामाजिक […]

सम्बन्धित शीर्षक