भैलीमा संकलन भएको रकमबाट असहायलाई सहयोग

  ।   २०८० मंसिर १२, मंगलवार १४:०२

शान्ती सुनार

कोहलपुर । कोहलपुर नगरस्तरीय युवा क्लब संजालले कोहलपुर ११ मा रहेको निल सागर बाल आश्रमलाई सहयोग सामाग्री हस्तान्तरण गरेको छ ।

सामाजिक सुरक्षा र सचेतनाका लागि निर्मित देउसी भैलो समुहबाट संकलन गरेको रकमले उक्त सामाग्री हस्तान्तरण गरेको क्लबका अध्यक्ष रमेश वरले बताउनुभयो । उहाँले परम्परा संस्कृति जोगाउन, सामाजिक सुरक्षाका लागि सचेनता फैलाउन खेलिएको देउसी भैलोबाट उठेको रकमलाई सहि सदुपयोग गर्न र सामाजिक कार्यमा हातेमालो गर्दै असहाय बालबालिका र वृद्धहरुलाई सहयोग गरेको बताउनु भयो ।

दाल, चामल, तेल, नुन, दिउँसोको खाजा त्यसैगरी किशोरी र महिलाका लागि सेनेटरी प्याड, डस्ना र कपडा लगायतका १५ हजार रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरिएको वरले जानकारी दिनुभयो । कोहलपुर नगरस्तरीय र वडास्तरीय क्लबको समायोजनमा देउसी भैलो कार्यक्रम सम्पन्न भएको थियो ।

सबैसँग सदभावको सम्बन्ध कायम गर्ने र सबैलाई समान व्यबहार गर्दै आश्रममा रहेका अनाथ बालबालिका, जेष्ठ नागरिक र मानसिक सन्तुलन गुमाएकाहरुलाई थोरै भएपनि खुसी दिनलाई यो सहयोग गरेको उहाँले बताउनुभयो । यसअघि देखिनै क्लबले यस्ता सामाजिक कार्यहरु गर्दै आइरहेको अध्यक्ष वरले बताउनुभयो ।

Next Post

बिद्यालयमा संचालित बालिका शिक्षा कार्यक्रम प्रभावकारी

२०८० मंसिर १२, मंगलवार १४:०२
नेपालगन्ज । बाँकेमा बालिका शिक्षा कार्यक्रम प्रभावकारी देखिएको छ । जिल्लाका  आठमध्ये चार पालिकाका विभिन्न विद्यालयमा सञ्चालन भएको बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको हो । जिल्ला समन्वय समितिको नेतृत्वमा सोमबार बालिका शिक्षा कार्यक्रम सञ्चालन गरिएका विद्यालयको संयुक्त अनुगमनका क्रममा कार्यक्रमको सकारात्मक प्रभाव देखिएको हो । जिल्ला समन्वय समिति […]