विप्रेषण कारोबारमा आइएमईलाई लगातार चौंथो सम्मान

  ।   २०७७ मंसिर ९, मंगलवार ०७:१४

काठमाण्डौं । आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ ।

आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आइएमई विप्रेषण क्षेत्रमा पहिलो कम्पनी पर्न सफल भएको हो । विप्रेषणको कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा आइएमईलाई यो लगातार चौथो सम्मान हो ।

श्रमका लागि विदेशमा गएका युवाले आर्जन गर्ने रेमिटेन्स बैंकिङ्ग संजालमार्फत नेपाल भित्र्याउने उद्देश्यले आजभन्दा बिस वर्षअघि स्थापित आइएमईलाई नेपालको समग्र रेमिटेन्स व्यवसाय संस्थागत गरेको श्रेय दिने गरिन्छ । आइएमईलाई विदेशबाट बैंकिङ्ग च्यानलमार्फत नेपालमा विप्रेषण भित्र्याउने नेपालको अगुवा संस्थाको रुपमा लिइन्छ । उज्यालो अनलाइन

Next Post

‘आज देशको मुख्य मुद्दा व्यक्ति ओली हैन, ओली प्रवृत्ति हो’

२०७७ मंसिर ९, मंगलवार ०७:१४
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री ओली प्रवृत्ति निकै घातक हुने बताउनु भएको छ । उहाँले सोमबार बेलुका ट्विट गर्दै देशको मुख्य मुद्दा व्यक्ति ओली हैन, ओली प्रवृत्ति भएको उल्लेख गर्नुभएको छ । सत्तारुढ नेकपाभित्र देखिएको चरम अन्तरकलह र विवादप्रति जसपाका नेतासमेत रहेका भट्टराईले प्रतिदिनजस्तो ट्विट गर्दै आउनु भएको छ […]

सम्बन्धित शीर्षक