‘कमेडी क्याफे’मा ६ जोडीले १२ हप्तासम्म प्रस्तुति दिने

  ।   २०७८ श्रावण १२, मंगलवार ०७:४०

काठमाडौं । ‘कमेडी च्याम्पियन’को दोश्रो सिजन सकिएसँगै यसको टिमले नयाँ कमेडी शो दर्शकमाझ ल्याउने भएको छ । विशाल भण्डारीकै निर्देशनमा ‘कमेडी क्याफे’ नामक शो दर्शकमाझ आउने भएको हो । यो शोमा ‘कमेडी च्याम्पियन’को पहिलो सिजनका ७ जना प्रतिस्पर्धीहरु सहभागी हुनेछन् ।

यस्तै, ‘कमेडी च्याम्पियन’कै दोश्रो सिजनका ३ जना प्रतिस्पर्धीलाई शोमा सहभागी गराउने तयारी निर्माण टिमले गरेको छ । एक जोडी भने च्याम्पियन भन्दा बाहिरका ल्याउने तयारी भैरहेको निर्देशक विशाल भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, १२ हप्तासम्म ६ जोडीले प्रस्तुति दिनेछन् । यो शोमा कुनै पनि जोडी नबाहिरिने उहाँको भनाई छ । १२ हप्तासम्म निर्णायकले दिने अंकको आधारमा एक जोडी विजेता घोषित हुने विशालले बताउनुभयो ।

‘शोको बिषयमा अहिले हामी छलफलमा नै छौं । कुन टीभीबाट शो सार्वजनिक गर्ने भन्ने बिषय पनि टुंगो लागेको छैन । ‘कमेडी च्याम्पियन’को यो सिजन सकिएसँगै ‘कमेडी क्याफे’को प्रशारण सुरु हुनेछ’ विशालले भन्नुभयो ।

‘कमेडी च्याम्पियन’को २ सिजनका १० जना सहभागीहरुलाई वर्कशप गरिसकेपछि जोडी तय गरिने विशालको भनाई छ । अनलाइन खबर

Next Post

ल्यापटप किन्दै हुनुहुन्छ ? यी चार कुरामा ध्यान दिनुहोस्

२०७८ श्रावण १२, मंगलवार ०७:४०
एजेन्सी । जतिधेरै शक्तिशाली र सुपथ स्मार्टफोन उपलब्ध भएतापनि ल्यापटप तथा डेस्कटप कम्प्युटरको महत्व र आवश्यकता घटेको छैन । कतिपय कामका लागि तपाईलाई ठूलो स्क्रिन तथा फिजिकल किबोर्डसहितको राम्रोसँग काम गर्ने पर्सनल कम्प्युटर अथवा सजिलोका लागि ल्यापटप नै चाहिन्छ । दशौँ लाख विद्यार्थीहरु, कार्यालयका कामकाजी मानिसहरु तथा अन्य विभिन्न खाले […]