पूर्व कप्तान पारस खडकाको सही अवसर आए राजनीतिमा आउने इच्छा

  ।   २०७८ श्रावण २०, बुधबार १६:४९

संवाददाता

नेपालको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खडकाले सही अवसर आए राजनीतिमा आउन सक्ने बताउनुभएको छ । यद्दपी उहाँले तत्काल नेपालमा क्रिकेटको विकास नै प्राथमिकतामा हुने प्रष्ट्याउनुभयो ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट मङ्गलबार सन्यासको घोषणा गर्नुभएका पारसले सञ्चारकर्मीको जिज्ञासालाई एकमुष्ट सम्बोधन गर्न आयोजना गर्नुभएको पत्रकार भेटघाटमा यस्तो धारणा राख्नुभएको हो ।

काठमाडौंमा आज अपरान्ह आयोजित भेटघाटमा उहाँले तत्काल आफू क्रिकेट विकास र प्रवर्धनका लागि ब्यवस्थापकीय जिम्मेवारीमा आउने लक्ष्य राखेको बताउनुभयो । “ब्यवस्थापकीय जिम्मेवारीमा आउन चुनावमा जानुपर्छ, शून्य समयमा त्यसका लागि अभ्यास गर्नेछु ।”– उहाँले बताउनुभयो ।

क्रिकेटमा ब्यवस्थापकीय जिम्मेवारीमा सङ्घका पदाधिकारी वा प्राविधिक क्षेत्रतर्फ भने जिज्ञासामा पूर्व कप्तान पारसले नीति निर्माण गर्ने गरी क्रिकेट विकासका लागि कार्यान्वयन गर्ने स्थानमा पुग्ने इच्छा ब्यक्त गर्नुभयो ।

उहाँले आफू सन् २०११ मा राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त हुँदादेखि नै ब्यवस्थापकीय जिम्मेवारीले क्रिकेटलाई पुर्याउन सक्ने योगदानबारे अवगत् भएको अनुभव सुनाउनुभयो ।

सोही अनुभवकै आधारमा आफू ब्यवस्थापकीय जिम्मेवारी आउन रोजेको खुलाउनुभयो । पारसले ब्यवस्थापकीय जिम्मेवारीमा पुग्न क्यानको अधिवेशन कुर्नुपर्ने हुन्छ । जसका लागि दुई वर्ष समय बाँकी छ ।

पदाधिकारीका लागि छनोट हुन राष्ट्रिय टोलीबाट अवकास लिएको कम्तिमा दुई वर्ष समय बिताएको हुनुपर्ने ब्यवस्थाकै कारण उहाँले सन्यास लिएको बुझिन्छ ।

यद्दपी नेपालले सन् २०१८ अगष्ट तीनमा अन्तर्राष्ट्रिय एकदिबसीय क्रिकेट खेल्न आईसीसीबाट मान्यता पाएको दिनकै अवसर पारेर सन्यासको घोषणा गर्नुभएको छ ।

गोरखापत्र अनलाइनबाट

Next Post

रेल सेवाको विस्तार

२०७८ श्रावण २०, बुधबार १६:४९
संवाददाता । भारतमा कोरोनाको दोस्रो लहर कम हुदै जान थालेपछि रेल सेवाले विस्तारै गति लिन थालेको छ । यात्रुको सुविधाका लागी लगातार भारतीय रेलवे सेवामा विस्तार गरिदै लगिएको छ । यसैबीच पूर्वी रेलवेले पश्चिम बंगाल र बिहारको बीच चल्ने एक्सप्रेस ट्रेनको सेवा जमालपुर सम्म बढाईएको छ । आजतकबाट