धनगढीमा मानव अधिकार मैत्री पत्रकारिता तालिम सप्पन्न

  ।   २०७८ आश्विन १, शुक्रबार २२:३६

        धनगढी । राष्ट्रिय मानव अधिकार आयोग र नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिको समन्वयमा भएको ३ दिने मानव अधिकार मैत्री पत्रकारिता तालिम शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिलि थापाले पत्रकारिता पेसालाई इमान्दार रुपमा अगाडि बढाउनका लागि मानव अधिकार पत्रकारिताको थालिनी गर्नुपर्ने बताउनु भयो ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले मानव अधिकारको प्रवद्र्धन लागि कलम चलाउन सञ्चारकर्मीलाई सुझाव दिनु भएको थियो । यस्तै नोपल पत्रकार महासंघ सुदुरपश्चिमका अध्यक्ष युगेश रावलले मानव अधिकार मैत्री पत्रकारीत गर्न सुझाव दिनु भएको थियो ।

त्यस्तै ३ दिन दिने तालिमको सहजीकरण गर्नु भएकि आयोगकि उप सचिव मन्जु खतिवडाले पत्रकारिता तथा सञ्चार क्षेत्र समाज परिवर्तनको महत्वपूर्ण अंग भएकाले अनिमियतता रोक्ने कार्यमा पनि उत्तिकै भूमिका रहेको बताउनु भएको थियो । उहाँले व्यक्तित्व विकास र क्षमता अभिवृद्धिले समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि तालिमको आयोजना गरिएको जिकिर गर्नु भयो । उपसचिव खतिवडाले सबैको मानव अधिकार सुरक्षित हुने गरी समाचार सम्प्रेशन गर्न तालिममा सहभागि पत्रकारहरुलाई आग्रह गर्नु भएको थियो ।            तिन दिने पत्रकारीता तालिममा आयोगका सदस्य थापा, प्रवक्ता डा.टिकाराम पोख्रेल, सह सचिव नवरावज सापकोटा, आयोगकि उप सचिव खतिवडा, मोहन जोशी लगायतले सहजीकरण गर्नु भएको थियो । समापन कार्यक्रममा प्रशिक्षणमा सहभागी सुदुरपश्चिम प्रदेशको ९ जिल्ला मध्य ८ जिल्लाका २८ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र दिइएको थियो ।

Next Post

उद्यमशिलता विकास र व्यवसायीक योजना तालिम नेपालगञ्जमा सञ्चालन

२०७८ आश्विन १, शुक्रबार २२:३६
सविता चन्द नेपालगन्ज । बाँके युनेस्को क्लबले मानवबेचविखनबाट पिडित र बेचविखनको जोखिममा पर्ने अवस्थाका महिला र किशोरीलाई लक्षित गरेर पाँच दिने उद्यमशिलता विकास र व्यवसायीक योजना तालिम शुरु गरेको छ । प्लान नेपालको सहयोगमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्तरगत बाँकेका चारवटा पालिकाका मानवबेचविखनबाट पिडित, बेचविखनको जोखिममा […]

सम्बन्धित समाचार