शनिबार सम्म मौसम सुधार हुने संम्भावना कम

  ।   २०७८ पुष २०, मंगलवार १६:५७

संवाददाता, नेपालगंज ।

बाँकेको नेपालगंज वरपरका क्षेत्रमा आज पनि घाम लाग्न सकेन । चिसो र शितलहरले गर्दा २ दिनयता यस क्षेत्रको जनजीवन प्रभावित बनीरहेको छ ।

यसैबीच, मौसम पूर्वानुमान महाशाखा आज दिँउसो १२ बजे जारी गरेको हिउँद यामको विशेष बुलेटिन, ५ मौसम अपडेट अनुसार आज राती देखि पश्चिमी नेपालबाट प्रबेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले भोली (बुधबार) देखि शनिबार सम्म देशको सुदुर–पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली तथा प्रदेश १ र प्रदेश २ मा आँशिक देखि सामान्य बदली रहने संम्भावना छ ।

शनिबार सम्म यो प्रणाली देशभर फैलिएर बिशेष गरी सुदुर–पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ ।

साथै बागमती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागहरुका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सुदुर–पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी तथा तराई भेगका केही र प्रदेश १ र २ का एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

आइतबार देखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने देखिएको छ ।

यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

Next Post

यस बर्ष बाँके र बर्दियामा सरकारी बजेटमा ३ सय ५२ वटा घर निर्माण गरिने

२०७८ पुष २०, मंगलवार १६:५७
प्रेम विश्वकर्मा, नेपालगंज । चालु आर्थिक बर्ष २०७८-०७९ मा बाँके र बर्दियामा आवास ब्यवस्था कार्यक्रम अन्र्तगत ३ सय ५२ वटा घरहरु निर्माण गरिने भएको छ । जनता आवास (संघीय शसर्त अनुदान) लक्षित वर्गको आवास निर्माणका लागी १२ करोड २८ लाख रुपैंया बजेट छुट्टाईएको शहरी विकास तथा भवन कार्यालय बाँकेका सूचना अधिकारी […]