नेपालगन्ज । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बाँकेले फागुन १ गते जनयुद्ध दिवस भब्यताका साथ मनाउने तयारी गरेको छ । २०५२ साल फागुन १ गतेबाट जनयुद्ध सुरुगरेको थियो । सोही दिनलाई जनयुद्ध दिवसको रुपमा माओवादीले मनाउँदै आएको छ ।
जनयुद्ध दिवसलाई रचनात्मक रुपमा मनाउँनलाई प्रत्येक पालिकालाई निर्देशन गरेको छ । पालिकाले रचनात्मक कार्यक्रम गर्न ‘जनयुद्ध’ बिषयमा बक्तित्वकला प्रतियोगिता आयोजना गर्न, जनयुद्ध दिवसको अवसरमा रिले डौड प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, ब्लड डोनेसन गर्ने र जनयुद्ध दिवस तथा सहिद सप्ताह कार्यक्रमलाई वडास्तरसम्मै भब्य रुपमा मनाउन निर्देशन गरिएको जिल्ला संयोजक नरेन्द्र प्रसाद पाण्डे ‘जेम्स’ले जानकारी दिनुभयो ।
नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिले आठ वटै पालिका अधिवेशनबाट निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरु, प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष तथा पदाधिकारीहरु र अखिल क्रान्तिकारीको केन्द्रिय सदस्य भैरव कार्की लगाएत लाई सम्मान तथा शुभकामना दिएको संयोजक ‘जेम्स’ले बताउनुभयो ।
उहाका अनुसार ‘जनबर्गीय संगठनहरुलाई अधिवेशन सम्पन्न गर्न, जनयुद्ध दिवसलाई हर्षोउल्लासका साथ मनाउन निर्देशन गरिएको बताउनुभयो’ ।
नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिको बैठकले आगामी कार्ययोजना तथा पार्टी सुदृढीकरण गर्न र जनताको लोकप्रिय पार्टी निर्माण गर्न बिभिन्न योजना लिएर पार्टी निर्माण गर्न पालिका पार्टी, वडा पार्टी लाई बिशेष निर्देशन गरीको समेत संयोजक ‘जेम्स’ ले बताउनुभयो ।
बैठकमा नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य तथा बाँके जिल्ला इन्चार्ज पुर्णा कुमारी सुवेदी, स्थायी समिति सदस्य महेश्वरजंग गहतराज, केन्द्रिय सदस्य आइपी खरेल, नरेन्द्र न्यौपाने, लुम्बिनी प्रदेश सह-सचिव अकल बहादुर बम, सदस्य गेहराज शर्मा ‘नबिन’ लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।