विश्व स्तनपान सप्ताह आजदेखि : बच्चाको बौद्धिक र शारीरिक विकासका लागि आमाको दूध अपरिहार्य

  ।   २०७८ श्रावण १७, आईतवार ०७:४५

काठमाण्डौ । विश्व स्तनपान सप्ताह आजदेखि सुरु भएको छ । यसवर्ष ‘हामी सबैको जिम्मेवारी, स्तनपानको संरक्षण हुन्छ प्रभावकारी’ भन्ने नाराका साथ स्तनपान सप्ताह मनाइँदैछ ।

शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन आमालाई प्रेरित गर्न विश्व स्वास्थ्य सङ्गठन र युनिसेफको अगुवाइमा हरेक वर्ष अगस्ट एक तारिखदेखि विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ । नेपाललगायत विश्वका १ सय ७० भन्दा बढी देशले आजदेखि एक हप्तासम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दैछन् ।

सुत्केरी हुनेबित्तिकै आउने आमाको पहेँलो बिगौती दूध निकै पोसिलो र स्वस्थकर हुन्छ । ६ महिनासम्मका शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्व आमाको दूधमा पर्याप्त मात्रामा पाइने भएकाले जन्मेको आधा घण्टाभित्र स्तनपान सुरु गरिसक्नुपर्ने र २४ घण्टामा ८ देखि १० पटकसम्म आमाको दूध खुवाउन डाक्टरको सुझाव छ ।

स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा झण्डै ३५ प्रतिशत शिशुले मात्र पर्याप्त मात्रामा स्तनपान गर्न पाउँछन् । डाक्टरका अनुसार शिशुलाई ६ महिनासम्म निरन्तर र २ वर्षसम्म आमाको दूध खुवाए उनीहरुको बौद्धिक र शारीरिक विकास छिटो हुन्छ अनि बच्चा स्वस्थ बन्छ ।

पछिल्ला वर्ष शारीरिक सौन्दर्य बिग्रने डरले शिशुलाई स्तनपान नगराइ वैकल्पिक पदार्थ खुवाउने क्रम बढ्दो छ । तर यसरी वैकल्पिक पदार्थ खुवाउँदा बालमृत्युको जोखिम बढिरहेको बालरोग विशेषज्ञले बताउँदै आएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले दूधको विकल्पमा प्रयोग हुने वस्तुहरुका कारण आमाले बच्चालाई दूध खुवाउन नखोज्ने गरेको भन्दै त्यस्ता वस्तुको रोक तथा नियन्त्रणमा जोड दिएको छ । सरकारले नवजात शिशु, मातृ शिशु स्वास्थ्य, प्रचुर मात्रामा स्तनपानलाई प्रोत्साहन गर्न आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुमा प्रतिबन्ध लगाउने कानुन बनाए पनि कार्यान्वयन हुन सकेको छैन ।

Next Post

म्रिस्तीखोलाबाट व्यावसायिक विद्युत् उत्पादन

२०७८ श्रावण १७, आईतवार ०७:४५
म्याग्दी । म्रिस्तीखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन थालिएको छ। अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित सो आयोजनाबाट व्यवसायिक विद्युत् उत्पादन थालिएको हो। माउन्टेन इनर्जी नेपालले बनाएको म्रिस्तीखोला जलविद्युत् आयोजना मुलुककै स्वदेशी लगानीमा निर्माण भएको सबैभन्दा ठूलो र लागतको हिसाबले सस्तो आयोजना हो। ४२ मेगावाट क्षमताको म्रिस्तीखोलाले २०७८ जेठ १ गतेदेखि परीक्षण उत्पादन सुरु […]

सम्बन्धित शीर्षक