बाँके जिल्लाबाट आज थप ४३ जना कोरोना जितेर घर फर्किदै

  ।   २०७७ मंसिर ६, शनिबार ०९:२७


बाँके । जिल्लाबाट आज (शनिबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका ४३ जना निको भइ डिस्चार्ज हुँदैछन् ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा १४ जना महिला र २९ जना पुरुष रहेका छन् । यो सँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या तीन हजार चार सय ७३ पुगेको छ ।

बाँकेमा हालसम्म तीन हजार छ सय ४६ जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टिभएको डीसीसीएमसी बाँकेले जनाएको छ । संक्रमित मध्ये ३७ जनाको मृत्यु भएको छ । बाँके र बाहिर जिल्लाका गरी अहिले एक सय ३८ जना कोरोना संक्रमित मानिस आईसोलेसनमा रहेका छन् ।

बाँकेमा बिरामी निको हुने दर ९५.२६ प्रतिशत, मृत्यु दर १.०१ प्रतिशत र रोगको प्रकोप दर ०.६१ प्रतिशत रहेको छ ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेका अनुसार आईसोलेसनमा १७९ रहेका छन् । यस्तै होम आईसोलेसनमा १२९ जना रहेका छन् ।

 

Next Post

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३८ दिनदेखि ताला

२०७७ मंसिर ६, शनिबार ०९:२७
सुर्य प्रसाद धिताल जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको शैक्षिक र केन्द्रीय प्रशासनमा ३८ दिनदेखि तालाबन्दी गरिएको छ । प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा। राजेन्द्रराज वाग्लेले अनावश्यक राज्य कोष खर्च गर्ने गरी तेस्रो डिन नियुक्त गरेको भन्दै कर्मचारीले आन्दोलन गरिरहेका छन् । कुनै पनि निकायबाट सुनुवाइ नहुँदा ३८ दिनदेखि […]