फेसबुक माथि भारतको सत्तारुढ दल भारतीय जनता पार्टीलाई सघाएको आरोप

  ।   २०७७ भाद्र १, सोमबार १७:३५

भारत/ फेसबुक कम्पनीमाथि भारतको सत्तारुढ दल भारतीय जनता पार्टीलाई सघाएको आरोप लागेको छ ।

गत साता वाल स्ट्रिट जर्नलले भाजपा कार्यकर्ताको घृणायुक्त अभिव्यक्तिलाई फेसबुकले नजरअन्दाज गरेको रिपोर्ट छापिएपछि विवाद चर्किएको हो ।

रिपोर्टमा ‘मोदीलाई निराश नतुल्याउन फेसबुकले त्यसो गरेको’ दावी गरिएको छ । खासगरी मोदीलाई खुसी पार्नकै लागि मुस्लिम विरोधी पोष्टमाथि फेसबुकले एक्सन नलिएको रिपोर्टको दावी छ ।

त्यसैलाई आधार बनाउँदै विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले फेसबुक र ह्वाट्स एपमार्फत भाजपा कार्यकर्ताले फेक न्यूज फैलाएको वक्तव्य दिएपछि फेसबुक कम्पनी थप विवादमा तानिएको हो ।
थाहा खबरबाट

Next Post

४ सय ६४ जना कोरोना संक्रमित निको

२०७७ भाद्र १, सोमबार १७:३५
 नेपालगंज/ बाँके जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय ३४ जना पुगेको छ । आज मात्रै पनि नयाँ ४ जना संक्रमित थपिएका छन । तर निको हुनेहरुको संख्या पनि बढ्दै गएको छ । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश बाबु श्रेष्ठले दिनुभएको जानकारी अनुसार हाल सम्म ४ सय ६४ जना […]