मनसुन सक्रिय भएयता देशभरी २३१ को मृत्यु, ७७ बेपत्ता

  ।   २०७७ श्रावण ३२, आईतवार १६:३७

मनसुन सक्रिय भएपछिको दुई महीना यता बाढी र पहिरोमा परी मुलुकभरी २३१ जनाको मृत्यु भएको छ भने ७७ जना बेपत्ता छन ।

विश्वव्यापी कोरोना महामारीका रुपमा फैलिएको कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपद्बाट पनि देशमा ठूलो जनधनको क्षति भएको छ ।

अनुमान नै नगरिएका स्थानमा अपत्यारिलो पहिरो खस्दा सयौँ नागरिकले अकालमै ज्यान गुमाएका छन । नेपालमा ३१ जेठदेखि मनसुन शुरु भएको थियो ।

३१ साउनसम्मको दुई महीनामा मात्रै ठूलो मानवीय क्षति हुन पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिराले क्षति पु¥याएको छ ।
हिमाल खबरबाट

Next Post

पेट्रोल, डिजेल र मट्टितेलको मुल्य १ रुपैयाँको दरले बढ्यो

२०७७ श्रावण ३२, आईतवार १६:३७
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । आइतबार मध्यरातीदेखि लागू हुनेगरी मूल्य बढाइएको निगमले जनाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँका दरले बढेको निगमले जनाएको छ । निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने, डिजेल र […]

सम्बन्धित समाचार