पेट्रोल, डिजेल र मट्टितेलको मुल्य १ रुपैयाँको दरले बढ्यो

  ।   २०७७ श्रावण ३२, आईतवार १९:३०

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । आइतबार मध्यरातीदेखि लागू हुनेगरी मूल्य बढाइएको निगमले जनाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँका दरले बढेको निगमले जनाएको छ ।

निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत रहेको निगमले जनाएको छ ।

भारतबाटै आउने तेलको मूल्य बढेर आएकाले समायोजन गरिएको निगमले जानकारी दिएको छ । यसअघि निगमले पेट्रोल, डिजलको मुल्य प्रतिलिटर २ रुपैयाँले बढाएको थियो ।

Next Post

प्रजिअ अधिकारीलाई म्याग्दीका व्यापारीले गरे भव्य स्वागत

२०७७ श्रावण ३२, आईतवार १९:३०
म्याग्दी उद्योग बाणिज्य संघले आइतबार प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई स्वागत गरेको छ । प्रजिअ अधिकारी जिल्ला प्रशासन कार्यालय म्यादीमा हाजिरी हुन पुगे संगै उद्योग बाणिज्य संघ म्याग्दीले स्वागत गरेको हो । स्वागत कार्यक्रममा ब्यापारीका समस्या बाढी-पहिरो पीडितहरुलाई राहत, पुनर्वास, अनियमित बिद्धुत लगाएतका समस्या समाधानका बिषयमा उद्योग व्यवसायीहरुले आफ्ना भनाइ […]

सम्बन्धित शीर्षक