भारतको उत्तर प्रदेशमा विषाक्त रक्सी पिउँदा ६ जनाको ज्यान गयो, १५ जना बिरामी

  ।   २०७७ मंसिर ६, शनिबार १६:१६

एजेन्सी । भारतको उत्तर प्रदेश राज्यमा विषाक्त रक्सी पिउँदा ६ जनाको ज्यान गएको छ । त्यस्तै अरू १५ जना गम्भीर बिरामी भएका छन् ।

प्रयागराज जिल्लामा भएको घटनामा बिरामी भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । प्रहरीले विषाक्त रक्सी बिक्रेतासहित तीन जनालाई पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

बिहीबार बेलुकी एक पसलबाट रक्सी किनेर लगेकाहरू रक्सी पिएपछि बिरामी परेका थिए । बिहीबार नै एक जनाको ज्यान गएको तथा हिजो र आज गरी मृतकको सङ्ख्या ६ पुगेको खबरमा उल्लेख छ ।

एक हप्ताअघि पनि उत्तर प्रदेशको राजधानी लखनउमा विषाक्त रक्सी पिएका ६ जनाको ज्यान गएको थियो ।

Next Post

२४ घण्टामा १ हजार ६७४ जनामा कोरोना सङ्क्रमण, २ हजार ३२३ जना डिस्चार्ज

२०७७ मंसिर ६, शनिबार १६:१६
काठमाण्डौ । नेपालमा कोरोना भाइरस ९कोभिड–१९० का सङ्क्रमितको सङ्ख्या दुई लाख १८ हजार ६ सय ३९ पुगेको छ । शनिबार थप एक हजार ६ सय ७४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आठ हजार एक सय ४४ जनाको नमुना परीक्षण गर्दा एक हजार ६ सय […]