प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात र बिक्री वितरण गर्न रोक

बजारमा बिक्रीवितरण गरेको अनुगमनमा भेटिएमा तत्काल १ लाख रुपैयाँसम्म जरिवाना गरिने

  ।   २०७९ कार्तिक ३, बिहीबार १८:०२

संवाददाता ।

वातावरण विभागले शुक्रवारदेखि प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात र बिक्री वितरण रोक्न माइकिङ तथा अनुगमन गर्ने भएको छ ।

तिहार र छठको मुखमा सरकारले सूचना जारी गर्दै प्लाष्टिकजन्य फूलगुच्छाको आयात र बिक्री वितरणमा रोक लगाएको हो ।

आज वातावरण विभागका महानिर्देशक नारायण घिमिरेले प्लाष्टिकजन्य फूलगुच्छाको आयात, बिक्री वितरणमा रोक लगाएको सरकारले शुक्रवारदेखि नै बजारमा प्लाष्टिकजन्य फूल बेच्न र प्रयोग नगर्न माइकिङ गर्ने बताउनुभयो ।

उहाँले सरकारले गत साउनमा राजपत्रमा प्रकाशन गरेर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात र बिक्री, वितरण वा भण्डारणमा रोक लगाएको भन्दै आजको सूचनामार्फत सचेत गराएको बताउनुभयो ।

उहाँले तिहार र छठ नजिकिएसँगै बजारमा प्लाष्टिकजन्य फूलमालाहरु बिक्री बढ्ने भएकाले बिक्री वितरणमा रोक लगाउने सरकारको उद्देश्य रहेको बताउनुभयो ।

घिमिरेले गत साउनदेखि नै प्लाष्टिकजन्य फूलमालाहरुको आयात प्रतिबन्ध रहेको बताउनुभयो । उहाँले तिहार र छठजस्ता पर्वहरूमा प्लाष्टिकजन्य फूलमाला प्रयोग नगर्न आग्रह गर्दागर्दै पनि बजारमा बिक्रीवितरण गरेको अनुगमनमा भेटिएमा तत्काल १ लाख रुपैयाँसम्म जरिवाना गरिने बताउनुभयो ।

उहाँले अनुगमनका क्रममा सरकारको निर्णय विपरीत कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को खण्ड (क) वा (ख) बमोजिम १५ हजार देखि २० हजार रुपैयाँसम्म जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट १ लाख रुपैयाँसम्म जरिवाना हुने सूचनामा उल्लेख अनुसार नै कारबाही गरिने बताउनुभयो ।

थाहा खबरबाट

Next Post

हिन्दुधर्मालम्बीहरुलाई एकीकृत गर्दै हिन्दुवादी नेता दिवाकर खनाल

२०७९ कार्तिक ३, बिहीबार १८:०२
बाँके । विगत तीन दशक बढिबाट हिन्दुहरुको मसिहाका रुपमा आफुलाई स्थापित गराएका हिन्दुवादी नेता दिवाकर शर्मा खनाल बाँकेका क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचनमा होमि । अर्ना चुनावी चिन्ह लिएर निर्वाचनमा होमिएका नेता खनाल यती बेला आफ्ना क्षेत्रमा भएका हिन्दुहरुको समस्यालाई बुझ्दै र आफुलाई मतको आवश्यकता परेको भन्ने […]