अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज नेपालले बंगलादेशसँग प्रतिष्पर्धा गर्दै

  ।   २०७७ कार्तिक २८, शुक्रबार ०६:४१

काठमाण्डौ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले बंगलादेशसँग ढाकामा रहेको बंगबन्धु रङ्गशालामा प्रतिस्पर्धा गर्नेछ । मुजिब वर्ष ‘फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गतको नेपाल र बंगलादेशको पहिलो खेल नेपाली समयअनुसार बेलुकी पौने ५ बजे सुरु हुनेछ । नेपालले अर्को खेल आउँदो मङ्सिर २ गते खेल्ने कार्यक्रम तय भएको छ ।

मैत्रीपूर्ण खेलका लागि बंगलादेश गएका टोलीमध्ये एक जना खेलाडीलाई भने कोरोना सङ्क्रमण देखिएकाले उनलाई अस्पतालको आईसीयूमा राखिएको छ । उनको अवस्था सामान्य नै भए पनि यो खेल भने गुमाउने भएका छन् । विश्वभर फैलिएको कोरोना महामारीले गर्दा ८ महिनादेखि नेपाली टिमले फुटबल खेल्न पाएको छैन ।

बंगलादेशसँग खेल्दा नेपालले २०२१ मा हुने फिफा विश्वकप छनोट र फिफा वरीयतालाई ध्यानमा राख्ने खेलाडीले बताएका छन् । अहिलेसम्म नेपाल र बंगलादेश कुल १९ पटक प्रतिस्पर्धा गर्दा १२ पटक बंगलादेश विजयी भएको थियो भने नेपालले ६ खेल मात्र जितेको छ । १ खेल बराबरीमा सकिएको थियो ।

पछिल्लो पटक सन् २०१८ मा बंगलादेशमै भएको साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई २-० ले पराजित गरेको थियो ।

Next Post

लिबियाको खोमसको तटमा डुंगा दुर्घटना, ७४ आप्रवासीको मृत्यु

२०७७ कार्तिक २८, शुक्रबार ०६:४१
एजेन्सी । लिबियाको खोमसको तटमा डुंगा दुर्घटना हुँदा ७४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा आप्रवासी रहेको बताइएको छ । आप्रवासी सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय ९आइओमएम०ले जनाएको छ । आइओमएमका अनुसार डुंगामा करिब १२० जना सवार रहेका थिए । डुंगा दुर्घटना भएलगत्तै माझीहरुले ४७ जनाको जिवितै उद्दार गरेको समाचारमा […]