प्रधानमन्त्रीले बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई भन्नुभयो –‘धरान गएर कार्यकारिणी समितिको बैठक बोलाउनुहोस्’

  ।   २०८० माघ ७, आईतवार १६:३७

काठमाडौँ,  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न निर्देशन दिनुभएको छ । उहाँले प्रतिष्ठानका उपकुलपति डा. प्रह्लाद कार्कीलाई आज आफ्नो कार्यकक्ष सिंहदरबारमा बोलाएर समितिको बैठक बोलाउन निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले उपकुलपति डा कार्कीलाई भन्नुभयो, “तपाईंले पदाधिकारीलाई काठमाडौँ नबोलाउनुस्, तपाईं धरान जानुस्, कार्यकारिणी समितिको बैठक बोलाउनुस्, अन्तर्वार्ताको मिति तोक्नुहोस् र नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजाने निर्णय गर्नुस् ।”

यसैबीच प्रधानमन्त्रीले सहकुलपति तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई फोन गरेर आजैका मितिले कानुनअनुसार २१ दिनको समय राखेर सिनेटको मिति तोक्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले यही माघ २ गते नै स्वास्थ्यमन्त्री बस्नेतलाई बोलाएर बीपी प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकहरूका आवाज सुनेर समस्या समाधान गर्न निर्देशन दिनुभएको थियो ।

Next Post

बालविवाह विरुद्ध सचेतना फैलाउन घरदैलो तथा भेटघाट सम्पन्न

२०८० माघ ७, आईतवार १६:३७
नेपालगन्ज । बर्दिया जिल्लाका किशोरीहरु बालबिबाह बिरुद्दको सचेतना फैलाउनकालागि घर दैलो तथा र्याली कार्यक्रम संचालनमा आफै सक्रिय हुन थालेका छन । गुलरिया नगरपालिका वडा नम्बर १२ को भैसाही गाउँमा बालबिबाह रोकथाम, छोरा छोरी बराबरी, छोरीलाई विवाह होईन शिक्षाको जरुरी सम्बन्धि नारा लेखिएका प्लेकाड सहित किशोरीहरु घरघरमा पुगेका छन् । घरदैलो […]

सम्बन्धित समाचार