विश्वभर कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या तीन करोड ४० लाख नाघ्यो

  ।   २०७७ कार्तिक १८, मंगलवार ०६:५२


नेपालगन्ज । विश्वभर कोरोना सङ्क्रमण निको हुनेको संख्या ३ करोड ४० लाख नाघेको छ ।

अहिलेसम्म ४ करोड ७३ लाख १० हजार ९९० जनमा कोरोना पुष्टि भएकोमा ३ करोड ४० लाख १२ हजार ९८६ जना निको भएका वल्ड्रोमिटरले जनाएको छ ।

अहिले विश्वभर एक करोड २० लाख ८७ हजार २१ जना सक्रिय सङ्क्रमित छन् । जसमध्ये ८६ हजार २६५ जनाको अवस्था जटिल छ भने बाँकीको अवस्था सामान्य छ । १२ लाख २० हजार ९८३ जनाको भने कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ९५ लाख ६६ हजार ५२१ जनामा कोरोना पुष्टि भएकोमा ६१ लाख ५८ हजार २१८ जना निको भएका छन् । २ लाख ३६ हजार ९७४ जनाको भने ज्यान गएको छ ।

यस्तै ८२ लाख ६६ हजार ९१४ जना सङ्क्रमित रहेका भारतमा ७६ लाख एक हजार ४२९ जनाले कोरोना जितेका छन् । १ लाख २३ हजार १३९ जनाको ज्यान गएको छ ।

यसैगरी ५५ लाख ५४ हजार २०६ जनामा कोरोना पुष्टि भएको ब्राजिलमा ४९ लाख ८० हजार ९४२ जना निको भएका छन् । ब्राजिलमा १ लाख ६० हजार २७२ जनाको ज्यान गएको छ ।

यता नेपालमा कुल कोरोना सङ्क्रमित एक लाख ७६ हजार पाँच सय पुगेको छ । हाल ३७ हजार ५२४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयका अनुसार निको भएर घर फर्केको जनाएको छ ।

हालसम्म एक लाख ३७ हजार ९९२ सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ । वल्डोमिटरको तथ्यांक अनुसार

Next Post

अमेरिकामा राष्ट्रपति चयनका लागि आज चुनाव हुँदै, ट्रम्प र जो बाइडेनबीच प्रतिस्पर्धा

२०७७ कार्तिक १८, मंगलवार ०६:५२
एजेन्सी । अमेरिकामा राष्ट्रपति चयनका लागि आज राति चुनाव हुँदैछ । चुनावपछि अमेरिकाले ५८ औं राष्ट्रपति छान्नेछ । अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ । अहिलेसम्म गरिएका सर्वेक्षणले बाइडेनको पक्षमा बलियो मत देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्ला धेरैजसो […]

सम्बन्धित समाचार