चुलो देखि चिहान ब्यबस्थापनमा सारथी बन्यो कोहलपुर माओवादी केन्द्र

यसैले त माओवादी भन्न गर्व लाग्छ: युवा नेता न्यौपाने

  ।   २०७८ असार २, बुधबार २३:०८

चुलो देखि चिहान ब्यबस्थापनमा सारथी बन्यो कोहलपुर माओवादी केन्द्रिय
यसैले त माओवादी भन्न गर्व लाग्छ: युवा नेता न्यौपाने

बाँके । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र कोहलपुरले चौतर्फी रुपमा सेवा गर्दै आएको छ । पार्टीले आफ्ना नेताकार्यकर्तालाई कोरोना जस्तो महामारीको बेला कोरोनाले मृत्यु बरणमा परेकाहरुको सब ब्यबस्थापन देखि खाना नपाएका सर्वसाधारणहरुको चुलो सम्म पुगेर राहत वितरण निर्देशन गरेको छ ।

नगरकमिटी, वाइसीएल, पत्रकार र किसान सबै सामाजिक कार्यमा ब्यस्त छन् । शसस्त्र युद्ध शैलीमा आक्रमण गरिरहेको कोरोना संग लड्न र मानिसहरूलाई हौसला प्रदान गर्न माओवादी कर्याकर्ता लागिपरेका छन् । जनताको सेवामा रातदिन नभनी खटिरहेका छन् । घरको चुलोमा आगो नबलेका परिवारहरुका लागि दैनिक २५ किलो चामल वितरण देखि कोरोना महामारीका कारण ज्यान गुमाएकाहरुको निशुल्क शव व्यवस्थापन गरेको देखेर एक सर्वसाधारणले रुदै भने पार्टी भनेको त माओवादी नै रहेछ ।

राहत वितरण गर्न दैलो दैलो पुग्ने गरेको कोहलपुरका गोपाल आचार्यले बताउनु भयो । कोहलपुरको माओवादी केन्द्र साच्चिकै जनताको आँसु पुछ्ने पार्टी रहेछ भन्दै आचार्य एकछिन भाबुक बन्नु भयो । त्यस्तै कोहलपुरकै मिना मग्राती भन्नुहुन्छ,” माओवादी केन्द्र भोट माग्न मात्र घरदैलो पुग्ने रहेन छ, भोकाएकाहरुको भोक मेटाउन पनि घरदैलोमा पुग्ने रहेछ ।” कोरोनाले मृत्युु भएका मानिसहरुको शव आफन्त-परिवारले छुन डराइ रहेका बेला माओवादी कार्यकर्ताहरुले सजिलै संग ब्यबस्थापन गर्दै आएका छन् । डेढ महिना देखि शव ब्यबस्थापन गर्दै आएको माओवादी केन्द्रका सचिव बलबहादुर खड्का (अविरल) ले बताउनु भयो । डेढ महिनामा दर्जनौ शव ब्यबस्थापन गरेको कोहलपुर नगरसमिति अध्यक्ष बिहानीले बताउनु भयो ।

माओवादी केन्द्र कोहलपुर चुलो देखि चिहान सम्मको ब्यबस्थापन गर्दै आएको माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले बताउनु भयो ।

Next Post

नयाँ मिडिया विधेयकको माग गर्दै लुम्बिनी सरकारलाई प्रेस संगठन बाँकेले बुझायो ज्ञापनपत्र

२०७८ असार २, बुधबार २३:०८
बाँके । प्रेस संगठन नेपाल बाँके शाखाले जिल्ला प्रशासन बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल मार्फत लुम्बिनी प्रदेश सरकारलाई नयाँ मिडिया विधेयक ल्याउन भन्दै ज्ञापनपत्र पठाएको छ । प्रेस स्वतन्त्रताको हनन गरेर पत्रकारितालाइ अंकुश लागाउन खोजेको कारण तत्काल अहिले ल्याएको विधेयक फिर्ता लिएर नयाँ विधेयक बनाउन ज्ञापनपत्र बुझाएको प्रेस संगठन […]

सम्बन्धित शीर्षक