हत्याको आरोपमा पक्राउ परेका सात जना सार्वजनिक

  ।   २०७७ कार्तिक ४, मंगलवार १८:२२

गढी । गस्तीमा खट्नुभएका प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न सात जनालाई पक्राउ गरी कैलाली प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले आज अपराह्न पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । हत्याको आरोपमा पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१० का पर्कु भन्ने रोहित राना, राजेन्द्र राना, चोर भन्ने सुरेश राना, गब्बर भन्ने राजकुमार राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना र वडा नम्बर ११ का गोपाल भन्ने रामगोपाल राना छन् । उनीहरु सबै स्थानीय तस्कर रहेको प्रहरीले जनाएको छ ।

गस्तीमा गएको प्रहरीले तस्करी नियन्त्रण गर्न खोज्दा तस्करहरुले योजनाबद्ध रुपमा प्रहरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिनुभयो । धारिलो हतियार प्रहार गरेर प्रहरीको हत्या गरी अपराध लुकाउन शव नदीमा फालेको उहाँले बताउनुभयो ।

मृतक दुवै प्रहरीको शव मोहना नदीमा फेला परेको थियो । उहाँहरु दुवैजना धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चेकपोष्टमा कार्यरत हुनुहुन्थ्यो । गोरखापत्र

Next Post

थप तीन हजार ९३ सङ्क्रमितसहित एक लाख ३९ हजार १२९ पुग्यो

२०७७ कार्तिक ४, मंगलवार १८:२२
काठमाडौं । नेपालमा कोरोना भाइरसका तीन हजार ९३ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएका हुन् । सो संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ३९ हजार १२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा […]

सम्बन्धित शीर्षक