सञ्चार संस्थासँग सहकार्य गर्छु : मन्त्री गुरुङ

  ।   २०७७ कार्तिक २, आईतवार १७:१७

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासङ्घ सहितका सरोकार भएका संस्थासँग छलफल र सहकार्य गरेर अघि बढ्ने जनाउनुभएको छ ।

मन्त्री निवास पुल्चोकमा महासङ्घका पदाधिकारीसँग आज भएको भेटमा उहाँले सञ्चार क्षेत्रको हित हुने गरी आवश्यक नीति, कानून र संरचना निर्माण गरिने बताउँदै प्रेस स्वतन्त्रताको संरक्षण, प्रवद्र्धन, स्वतन्त्र प्रेसको व्यावसायिक र संस्थागत विकास एवम् पत्रकारको पेशागत हितका पक्षमा आफू सदैव अडिग रहने पनि स्पष्ट गर्नुभयो ।

महासङ्घका अध्यक्ष गोविन्द आचार्यले मन्त्री गुरुङलाई सफल कार्यकालका लागि शुभकामना दिँदै सञ्चार क्षेत्रमा विद्यमान समस्या समाधानका लागि सरकारबाट हुनुपर्ने पहलबारे महासङ्घको धारणा प्रस्तुत गरिएको जानकारी दिनुभयो ।

कोभिड–१९ पछिको अवस्थामा सरकार, श्रमजीवी पत्रकार र मिडिया संचालकबीच गंम्भीर छलफल र आपसी सहकार्य हुनुपर्ने उल्लेख गर्दै महासङ्घले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, आम संचार नीति २०७३ अनुरुप कानून र संरचना निर्माण, संचार क्षेत्रमा पुर्नसंरचना गरी संघीयता र समावेशीताको कार्यान्वयन गर्न आग्रह गरेको थियो ।

मन्त्री गुरुङले गत असोज २९ गते सो मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

एनटिभीबाट

Next Post

युनेस्कोद्धारा बाँकेका चार पालिकामा रक्षा परियोजना सञ्चालन

२०७७ कार्तिक २, आईतवार १७:१७
सिराज खान नेपालगञ्ज । बाँके युनेस्को क्लबले जिल्लाका चार वटा पालिकालाई लक्षित गरेर रक्षा परियोजना सञ्चालनमा ल्याएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सञ्चालन गरिएको सो परियोजना बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सञ्चालन गरिएको क्लबका संरक्षक प्रवेज अलि सिद्दीकीले बताउनुभयो । उहाँले सो परियोजनाले […]