भारतमा फरक डिजिटल मुद्रा प्रचलनमा ल्याईयो

  ।   २०७९ कार्तिक १६, बुधबार १७:०७

संवाददाता ।

भारतले अन्य ई–वालेटभन्दा फरक डिजिटल मुद्रा प्रचलनमा ल्याएको छ । भारतीय रिजर्ब बैंक (आरबीआई) ले १ नोभेम्बर (मंगलबार) देखि परीक्षणका रुपमा उक्त डिजिटल मुद्रा प्रचलनमा ल्याएको हो ।

यस वर्षको बजेटमा घोषणा गरेको डिजिटल मुद्रालाई भारतले कार्यान्वयनमा ल्याएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतमा मंगलबारदेखि डिजिटल मुद्रा परीक्षणकै रुपमा चलनचल्तीमै ल्याइएको छ ।

आरबीआईले परीक्षणका क्रममा होलसेल ट्रान्जेक्सन र क्रस बोर्डर पेमेन्टमा यस्तो मुद्रा प्रचलनमा ल्याएको समाचारमा उल्लेख छ । आरबीआईले यस परीक्षणका लागि ९ वटा बैंकहरु समावेश गरेको छ ।

डिजिटल मुद्राको प्रचलनसँगै अब मानिसहरुले नगदमा निर्भर रहनु पर्ने बाध्यता हट्ने छ । डिजिटल करेन्सी प्रचलनमा आउनु अगाडि कारोबारका लागि नगद वा चेक अथवा कुनै बैंकिङ प्रणालीका माध्यमबाट भइरहेको थियो ।

अब भने डिजिटल नोटमा कुनै ‘हार्ड करेन्सी’ हुने छैन । ‘वालेट टू वालेट’ कारोबार सम्भव हुनेछ । भारतमा गुगल पे, यूपीआईसहितका ई–वालेट प्रचलनमा छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार यस्तो वालेटमा कारोबारको लिमिट तोकिएको हुन्छ । तर, डिजिटल करेन्सीमा यस्तो लिमिट रहेको छैन ।

ठूलो रकम एकै पटक पठाउन ई–वालेटले काम नगरेको अवस्थामा अब डिजिटल मुद्राले सहजता ल्याउने समेत भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

इमेज खबरबाट

Next Post

बाँके निर्वाचन क्षेत्र नं. १ (१) प्रदेशसभा प्रतिष्पर्धीमध्ये नमूना धेरै बलियो

२०७९ कार्तिक १६, बुधबार १७:०७
नेपालगन्ज : बाँके निर्वाचन क्षेत्र नं. १ (१) प्रदेशसभामा राप्तीसोनारी गाउँपालिकाका ७ वडा र नरैनापुर गाउँपालिकाका ६ वडा छन् । यो निर्वाचन क्षेत्रमा राप्तीसोनारी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ । नेकपा (एमाले)ले तीन वडा, नेकपा (माओवादी केन्द्र)ले तीन वडा र एउटा राष्ट्रिय प्रजातन्त्र पार्टीले जितेको छ । […]

सम्बन्धित समाचार